मुख्य समाचार
एक महिना नपुग्दै फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा
एक महिना नपुग्दै फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

: फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार राजीनामा दिएका छन्। प्रधानमन्त्रीको पदभार सम्हालेको एक महिना नपुग्दै उनले राजीनामा दिएका हुन्। लेकोर्नु पछिल्लो दुई वर्षमा पाँचौं फ्रान्सेली प्रधानमन्त्री हुन्।


नयाँ मन्त्रिपरिषद् घोषणा भएको केही घण्टापछि नै उनको राजीनामा आएको हो। लेकोर्नुले सोमबार बिहान राष्ट्रपति इमानुएल म्याक्रोनसँग लगभग एक घण्टा भेटघाट गरेका थिए। त्यसको केही समयपछि राष्ट्रपति कार्यालयले उनको राजीनामाको घोषणा गरेको थियो।

फ्रान्कोइस बायरोको सरकारको पतन पछि लेकोर्नुले २६ दिनअघि फ्रान्सको प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए। नयाँ मन्त्रिपरिषद्मा उनले बायरो सरकारका अधिकांश मन्त्रीहरूलाई कायम राखे र केही पदहरूमा नयाँ नियुक्तिहरू गरेका थिए। यसको सबै दलहरूले व्यापक आलोचना गरेका थिए।


लेकोर्नुको राजीनामापछि धेरै दलहरूले अब समयपूर्व चुनावको लागि आह्वान गरिरहेका छन्। केहीले राष्ट्रपति म्याक्रोनको राजीनामाको माग गरेका छन्।

यद्यपि, म्याक्रोले २०२७ मा आफ्नो कार्यकाल समाप्त हुनुभन्दा अघि राष्ट्रपति पद नछोड्ने स्पष्ट पारेका छन्। 'संसद भंग गर्नुहोस् वा राजीनामा दिनुहोस् - म्याक्रोनले दुई मध्ये एक रोज्नुपर्नेछ,' नेशनल र्‍याली पार्टीका वरिष्ठ नेता सेबास्टियन चेनुले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम