मुख्य समाचार
नरेन्द्र मोदीले प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार भएको घटनाको निन्दा
नरेन्द्र मोदीले प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार भएको घटनाको निन्दा

: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार भएको घटनाको निन्दा गरेका छन्। उनले घटनाबारे आफूले प्रधानन्यायाधीश गवईसँग कुरा गरेको र उक्त आक्रमणबाट प्रत्येक भारतीय आक्रोशित रहेको बताएका छन्।


'मैले भारतका प्रधानन्यायाधीश बीआर गवईजीसँग कुरा गरेँ। सर्वोच्च अदालत परिसरमा उहाँमाथि भएको आक्रमणबाट प्रत्येक भारतीय आक्रोशित छन्। हाम्रो समाजमा यस्ता निन्दनीय कार्यहरूको लागि कुनै ठाउँ छैन। यो पूर्णतया निन्दनीय छ,' उनले इन्स्टाग्राममा लेखेका छन्।

सोमबार दिउँसो इजलास चलिरहेको बेला एकजना कानुन व्यवसायीले आफ्नो जुत्ता फुकालेर प्रधानन्यायाधीशमाथि प्रहार गरेका थिए। घटनालगत्तै प्रहरीले उनलाई तुरून्तै बाहिर निकालेको थियो। प्रधानन्यायाधीशमाथि आक्रमण गर्ने राकेश किशोर नामका कानुन व्यवसायीलाई बार काउन्सिल अफ इण्डियाले निलम्बन गरेको छ।


घटनापछि प्रधानन्यायाधीश गवईले यो विषयमा बेवास्ता गर्न र बहस जारी राख्न कानुन व्यवसायीलाई आग्रह गरेका थिए। उनले भनेका थिए,' यी सबैबाट विचलित नहुनुहोस्। हामी विचलित छैनौं। यी कुराहरूले मलाई असर गर्दैन।'

मध्य प्रदेशको खजुराहो मन्दिर परिसरमा रहेको भगवान् विष्णुको मूर्तिको जीर्णोद्वारको माग गर्दै दायर भएको रिटमा सुनुवाइका क्रममा प्रधानन्यायाधीश गवाईको भनाइमा कानुन व्यवसायी किशोर असन्तुष्ट रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रधानन्यायाधीश गवाईले सेम्टेम्बर १६ मा युनेस्को विश्व सम्पदा खजुराहो मन्दिर परिसरको एक भाग जावरी मन्दिरमा रहेको ७ फिट अग्लो भगवान विष्णुको मूर्तिको पुनर्निमार्ण र पुनर्स्थापना गर्न माग गर्दै दायर गरेको निवेदन खारेज गरिदिएका थिए। सोही विषयलाई लिएर कानुन व्यवसायी किशोरले प्रधानन्यायाधीशमाथि आक्रोश पोखेको हुनसक्ने अनुमान गरिएको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप