मुख्य समाचार
नरेन्द्र मोदीले प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार भएको घटनाको निन्दा
नरेन्द्र मोदीले प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार भएको घटनाको निन्दा

: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार भएको घटनाको निन्दा गरेका छन्। उनले घटनाबारे आफूले प्रधानन्यायाधीश गवईसँग कुरा गरेको र उक्त आक्रमणबाट प्रत्येक भारतीय आक्रोशित रहेको बताएका छन्।


'मैले भारतका प्रधानन्यायाधीश बीआर गवईजीसँग कुरा गरेँ। सर्वोच्च अदालत परिसरमा उहाँमाथि भएको आक्रमणबाट प्रत्येक भारतीय आक्रोशित छन्। हाम्रो समाजमा यस्ता निन्दनीय कार्यहरूको लागि कुनै ठाउँ छैन। यो पूर्णतया निन्दनीय छ,' उनले इन्स्टाग्राममा लेखेका छन्।

सोमबार दिउँसो इजलास चलिरहेको बेला एकजना कानुन व्यवसायीले आफ्नो जुत्ता फुकालेर प्रधानन्यायाधीशमाथि प्रहार गरेका थिए। घटनालगत्तै प्रहरीले उनलाई तुरून्तै बाहिर निकालेको थियो। प्रधानन्यायाधीशमाथि आक्रमण गर्ने राकेश किशोर नामका कानुन व्यवसायीलाई बार काउन्सिल अफ इण्डियाले निलम्बन गरेको छ।


घटनापछि प्रधानन्यायाधीश गवईले यो विषयमा बेवास्ता गर्न र बहस जारी राख्न कानुन व्यवसायीलाई आग्रह गरेका थिए। उनले भनेका थिए,' यी सबैबाट विचलित नहुनुहोस्। हामी विचलित छैनौं। यी कुराहरूले मलाई असर गर्दैन।'

मध्य प्रदेशको खजुराहो मन्दिर परिसरमा रहेको भगवान् विष्णुको मूर्तिको जीर्णोद्वारको माग गर्दै दायर भएको रिटमा सुनुवाइका क्रममा प्रधानन्यायाधीश गवाईको भनाइमा कानुन व्यवसायी किशोर असन्तुष्ट रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रधानन्यायाधीश गवाईले सेम्टेम्बर १६ मा युनेस्को विश्व सम्पदा खजुराहो मन्दिर परिसरको एक भाग जावरी मन्दिरमा रहेको ७ फिट अग्लो भगवान विष्णुको मूर्तिको पुनर्निमार्ण र पुनर्स्थापना गर्न माग गर्दै दायर गरेको निवेदन खारेज गरिदिएका थिए। सोही विषयलाई लिएर कानुन व्यवसायी किशोरले प्रधानन्यायाधीशमाथि आक्रोश पोखेको हुनसक्ने अनुमान गरिएको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम