मुख्य समाचार
६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइए
६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइए

: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान लिइसकेको छ।


अनुसन्धानका क्रममा जालसाजी गरिएको रकमको एक भाग शिल्पाको बैंक खातामा जम्मा भएको खुलेपछि प्रहरीले उनको बयान लिएको हो।

मुम्बईका दीपक कोठारी नामका व्यापारीले शिल्पा र उनका पतिविरुद्ध रकम ठगीको आरोप लगाएका छन्।

व्यापारी कोठारीका अनुसार सन् २०१५ देखि २०२३ को बीचमा उनले आफ्नो व्यापार बढाउनका लागि शिल्पा र राजको दम्पत्तीलाई ६०.४८ करोड भारु दिएका थिए। तर, उक्त रकम उनीहरूले आफ्नो निजी खर्चमा प्रयोग गरेको ती व्यापारीको आरोप छ।

कोठारीका अनुसार सुरूमा १२ प्रतिशत ब्याजदरमा ७५ करोड रुपैयाँ ऋण दिएका थिए। तर, करबाट बच्नको लागि लगानीको रूपमा देखाइएको थियो। उनीहरूले अप्रिल २०१५ मा ३१.९५ करोड रुपैयाँ र सेप्टेम्बर २०१५ मा २८.५३ करोड रुपैयाँ लिए। जुन ब्याजसहित फिर्ता हुनुपर्ने हो, भएन।

शिल्पाले सेप्टेम्बर २०१६ मा कम्पनीको निर्देशक पदबाट राजीनामा दिएकी ती व्यापारीको भनाइ छ। रकम लिएर पनि शिल्पा र उनका पतिले वाचा पूरा नगरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...
। युनिभर्सल स्टुडियोले क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ को पहिलो ट्रेलर रिलिज गरेको छ । यो फिल्म होमरको पौराणिक गाथाबाट प्रेरित छ । यो फिल्मले ग्रीक नायक ओडिसियसलाई पछ्याउँछ, जसको भूमिकामा म्याट डेमनले अभिनय गरेका छन् । उक्त पात्र ट्रोजन युद्ध पछि घर फर्कने लामो र घुमाउरो बाटो यात्रा तय गर्छ । युनिभर्सलले फेब्रुअरीमा डेमनको पहिलो-लुक ...
। हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को टिजर अन्ततः युट्युबमा सार्वजनिक भएको छ । निर्माताले मंगलबार बेलुका सार्वजनिक गरेको टिजरमा केही सरप्राइज अवश्य छ । ‘क्याप्टेन अमेरिका’ को भूमिकामा चर्चित अभिनेता क्रिस इभान्स यो मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएका छन् । उनलाई यो श्रृंखलामा स्टिभ रोजर्सको भूमिकामा देख्न पाइनेछ । चारमध्ये यो पहिलो टिजर भएको बताइएको ...
। हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् । ‘अवतार : फायर एन्ड यश’ ले शुक्रबार र शनिबार सिनेपाः बक्सअफिसमा बलियो डेब्यू गरेको छ । मिश्रित समीक्षाको बाबजुद १९७ मिनेट रनटाइमको ‘अवतार’ को तेस्रो श्रृंखलाको ओपनिङ आफैमा आक्रामक हो । रिलिज अघि नै फिल्मले नेपालमा ७० लाखको अग्रिम टिकट विक्री ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम