मुख्य समाचार
स्वीडेनको करोलिन्सका इन्स्टिच्युटले चिकित्सा र शारीरिकी विज्ञानमा नोबेल पुरस्कारको घोषणा
स्वीडेनको करोलिन्सका इन्स्टिच्युटले चिकित्सा र शारीरिकी विज्ञानमा नोबेल पुरस्कारको घोषणा

: स्वीडेनको करोलिन्सका इन्स्टिच्युटले सोमबार चिकित्सा र शारीरिकी विज्ञानमा नोबेल पुरस्कारको घोषणा गरेको छ। यो पुरस्कार मानव शरीरको प्रतिरक्षा प्रणालीको कार्यसम्पादनमा गरिएको महत्त्वपूर्ण अनुसन्धानका लागि म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र शिमोन सकागुचीलाई प्रदान गर्ने घोषणा गरिएको हो।


यो पुरस्कार 'प्रेरिफेरल इम्यून टोलरेन्स'सम्बन्धी उनीहरूको क्रान्तिकारी अनुसन्धानका लागि दिइने भएको हो, जसले शरीरलाई हानि नगर्ने गरी प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्नका लागि सहयोग पुर्‍याउँछ।

करोलिन्सका इन्स्टिच्युटका रुमेटोलोजी प्रोफेसर म्यारी वारहेन-हर्लेनियसले आफूहरूको अनुसन्धान प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्ने बारेमा भएको बताए। यसले सबै प्रकारका सुक्ष्मजीवसँग लड्न सक्ने र यथासम्भाव स्व-प्रतिरक्षा रोगबाट जोगिन रहेको उनको भनाइ छ।


नोबेल पुरस्कार दिने संस्थाले भन्यो, 'उनीहरूको अनुसन्धानले नयाँ अनुसन्धान क्षेत्रको आधार सिर्जना गरेको छ र क्यान्सर र स्व-प्रतिरक्षा रोगहरूको उपचारको विकासमा प्रेरणा दिएको छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप