मुख्य समाचार
एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ
एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ

: एसियाली फुटबल महासंघ (एएफसी) एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाली टोलीको बिदाइ गरेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईलगायतले बिदाइ गरेका थिए।


बिदाइ कार्यक्रममा बोल्दै राखेप सदस्यसचिव घिसिङले नेपालीको विभाजित मनलाई एकताबद्ध गर्ने माध्यम नै खेलकुद भएकाले त्यही अनुरुप प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिएका थिए। कार्यवाहक महासचिव भट्टराईले जेनजी आन्दोलन र बाढी पहिरोका कारण देश अहिले अप्ठयारो अवस्थामा रहेकाले फुटबलमार्फत सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन आग्रह गरेका थिए।

नेपालले बिहीबार भियतनामसँग उसैको मैदानमा एएफसी एसियन कप छनोटको खेल खेल्दैछ। बिनदुंग रंगशालामा हुने यो नेपालको अवे खेल हो। यस्तै अक्टोबर १४ मा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि भियतनाममै खेल्नेछ। घरेलु मैदान दशरथ रंगशालालाई एएफसीले अयोग्य गरेपछि दुवै खेल भियतनाममै हुन लागेको हो।


एएफसी एसियन कप छनोटका लागि नेपालका मुख्य प्रशिक्षक म्याट रसले आइतबार किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका थिए। प्रशिक्षक रसले गत सेप्टेम्बर २३ मा ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। १२ दिनको प्रशिक्षणपछि १० खेलाडीलाई बाहिर राख्दै उनले राष्ट्रिय टोली घोषणा गरेका हुन्। गत सेप्टेम्बर ६ मा नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। त्यस टोलीमा रहेका ६ खेलाडी बाहिरिएका छन्। बंगलादेशसँगको खेलका लागि टोलीमा रहेका अमित लामा, आदित्य शाक्य, रन्दीप पौडेल, समीर तामाङ, सृजनराज गौतम र टिकेन्द्र थापा टोलीमा अटाउन सकेनन्। रन्दीप र सृजनराज भने प्रारम्भिक छनोटमै परेका थिएनन्।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा टोलीमा अटाउन नसकेका आयुष घलान, सुमित श्रेष्ठ र कृतिशरत्न छुन्जु भने फर्किएका छन्। यस्तै गोलरक्षक विशाल सुनार, डिफेन्डर विमल पाण्डे र सनिश श्रेष्ठले पनि पुनरागमन गरेका छन्।

किरणकुमार लिम्बूको कप्तानीमा रहेको नेपाली टोलीमा अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ कार्की, कृतिकरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...