मुख्य समाचार
एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ
एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ

: एसियाली फुटबल महासंघ (एएफसी) एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाली टोलीको बिदाइ गरेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईलगायतले बिदाइ गरेका थिए।


बिदाइ कार्यक्रममा बोल्दै राखेप सदस्यसचिव घिसिङले नेपालीको विभाजित मनलाई एकताबद्ध गर्ने माध्यम नै खेलकुद भएकाले त्यही अनुरुप प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिएका थिए। कार्यवाहक महासचिव भट्टराईले जेनजी आन्दोलन र बाढी पहिरोका कारण देश अहिले अप्ठयारो अवस्थामा रहेकाले फुटबलमार्फत सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन आग्रह गरेका थिए।

नेपालले बिहीबार भियतनामसँग उसैको मैदानमा एएफसी एसियन कप छनोटको खेल खेल्दैछ। बिनदुंग रंगशालामा हुने यो नेपालको अवे खेल हो। यस्तै अक्टोबर १४ मा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि भियतनाममै खेल्नेछ। घरेलु मैदान दशरथ रंगशालालाई एएफसीले अयोग्य गरेपछि दुवै खेल भियतनाममै हुन लागेको हो।


एएफसी एसियन कप छनोटका लागि नेपालका मुख्य प्रशिक्षक म्याट रसले आइतबार किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका थिए। प्रशिक्षक रसले गत सेप्टेम्बर २३ मा ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। १२ दिनको प्रशिक्षणपछि १० खेलाडीलाई बाहिर राख्दै उनले राष्ट्रिय टोली घोषणा गरेका हुन्। गत सेप्टेम्बर ६ मा नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। त्यस टोलीमा रहेका ६ खेलाडी बाहिरिएका छन्। बंगलादेशसँगको खेलका लागि टोलीमा रहेका अमित लामा, आदित्य शाक्य, रन्दीप पौडेल, समीर तामाङ, सृजनराज गौतम र टिकेन्द्र थापा टोलीमा अटाउन सकेनन्। रन्दीप र सृजनराज भने प्रारम्भिक छनोटमै परेका थिएनन्।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा टोलीमा अटाउन नसकेका आयुष घलान, सुमित श्रेष्ठ र कृतिशरत्न छुन्जु भने फर्किएका छन्। यस्तै गोलरक्षक विशाल सुनार, डिफेन्डर विमल पाण्डे र सनिश श्रेष्ठले पनि पुनरागमन गरेका छन्।

किरणकुमार लिम्बूको कप्तानीमा रहेको नेपाली टोलीमा अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ कार्की, कृतिकरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...