मुख्य समाचार
३ वैज्ञानिकलाई यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार
३ वैज्ञानिकलाई यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार

— शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गर्ने ३ वैज्ञानिकलाई यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार दिइएको छ । नोबेल पुरस्कार कमिटीले सोमबार स्वीडेनको स्टकहोल्ममा आयोजित एक कार्यक्रममा प्रतिष्ठित पुरस्कार घोषणा गरेको हो ।


शरीरको प्रतिरोध प्रणालीमा 'रेग्युलेटरी टी-सेल' नामक विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएका म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र सिमोन साकागुचीलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको हो ।

यस वर्षको चिकित्सा नोबेल पुरस्कार विजेताहरूले प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) कसरी नियन्त्रणमा राखिन्छ भन्ने कुरा पत्ता लगाएका छन् । शरीरको शक्तिशाली प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्न आवश्यक छ, नत्र यसले हाम्रो आफ्नै अंगहरूमा आक्रमण गर्न सक्छ ।

ब्रन्को, राम्सडेल र साकागुचीले 'पेरिफेरल इम्युन टोलरन्स' सम्बन्धी आफ्नो नवीन खोजका लागि यस वर्षको नोबेल पुरस्कार पाएका हुन् । वैज्ञानिकहरूको नयाँ खोजले क्यान्सर तथा 'अटोइम्युन' रोगहरूको उपचारमा थप टेवा पुग्ने नोबेल कमिटीले जनाएको छ । यसले अंग प्रत्यारोपण (ट्रान्सप्लान्टेसन)लाई अझ सफल बनाउन पनि मद्दत पुर्‍याउन सक्ने वैज्ञानिकहरूले जनाएका छन् । यीमध्ये केही उपचारहरू अहिले नै क्लिनिकल ट्रायलमा छन्।

नोबेल विजेताले नोबेल डिप्लोमा, नोबेल पदक र १ करोड १० लाख स्वीडिस क्रोनर (१० लाख अमेरिकी डलर) पाउँछन् । एकभन्दा बढी विजेता भएमा पुरस्कार रकम बाँडिन्छ । यस वर्ष अक्टोबर ७ मा भौतिकशास्त्र, अक्टोबर ८ मा रसायनशास्त्र, अक्टोबर ९ मा साहित्य, अक्टोबर १० मा शान्ति र अक्टोबर १३ मा अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम घोषणा गर्ने नोबेल कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप