मुख्य समाचार
नियुक्त भएको एक महिना नबित्दै फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा
नियुक्त भएको एक महिना नबित्दै फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

— फ्रान्सका नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले राजीनामा दिएका छन् । सोमबार राष्ट्रपति इमानुएल म्याक्रोंले नवनियुक्त प्रधानमन्त्री लेकोर्नुको राजीनामा स्वीकार गरेका छन् ।


लेकोर्नु २६ दिनअघि मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले आइतबार मात्रै मन्त्रिपरिषद्को घोषणा गरेका थिए । नयाँ मन्त्रिपरिषद् गठन भएपछि देशभर राजनीतिक असन्तोष बढेको थियो । पुरानै व्यक्ति मन्त्रीमा दोहोरिएको भन्दै प्रधनमन्त्रीको आलोचना भएको थियो ।

सोमबार मन्त्रिपरिषद्को पहिलो बैठकको तयारी भइरहेका बेला लेकोर्नुले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीका रूपमा काम गर्न असहयोग भएका कारण राजीनामा दिएको उनले बताएका छन् । उनले भने,'प्रधानमन्त्रीको रूपमा काम गर्न मलाई आवश्यक पर्ने सर्तहरू पूरा भएनन् ।'

अप्रत्याशित रूपमा आएको राजीनामाले फ्रान्सको अस्थिर राजनीतिक वातावरणलाई झन् गहिरो बनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । लेकोर्नुका समर्थक र विरोधी दुवैले नयाँ सरकारलाई अविश्वास प्रस्तावमार्फत गिराउने चेतावनी दिएका थिए ।

लेकोर्नुको राजीनामापछि नेसनल र्‍याली पार्टीले राष्ट्रपति इमानुयल म्याक्रोंलाई तुरुन्तै नयाँ संसदीय चुनाव आह्वान गर्न दबाब दिएको छ । र फ्रान्स अनबाउन्ड पार्टीले राष्ट्रपति म्याक्रोंको राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा हमला भए तेल ढुवानीको जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गरिने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर, अमेरिका र इजरायलको व्यवहारका कारण उक्त माग भएर समुद्री जहाजहरू अवागमनमा हिच्किचाइरहेका बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ...
। मध्य पूर्वमा जारी युद्धका बीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन् । बीबीसीका अनुसार खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका हुन् । बहराइनको गृह मन्त्रालयले सोशल मिडिया पोस्टमा भनेको छ, ‘अलार्म सायरनलाई सक्रिय गरिसकेको छ । नागरिकसँग हामीले शान्त रहन र नजिकको ...
— नेपाल–चीन सीमानाका तातोपानी क्षेत्रको अनुगमनपछि वन तथा वातावरण, भौतिक पूर्वाधार एवं यातायातमन्त्री माधवप्रसाद चौलागाईंले कोदारी राजमार्गलाई व्यवस्थित बनाउँदै खासा नाका सञ्चालनका लागि पहल गर्ने बताएका छन् । शनिबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौलागाईंले चीनसँग जोड्ने कोदारी राजमार्गअन्तर्गत विभिन्न खण्डमा देखिएको पहिरो जोखिमलाई दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले पहिरो नियन्त्रणका लागि ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलमार्ग खुला नगरे इरानका ऊर्जा केन्द्रहरू ‘पूर्ण रूपमा ध्वस्त पार्ने’ चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेख्दै उनले विश्वव्यापी तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग ४८ घण्टाभित्र कुनै पनि धम्कीबिना पूर्ण रूपमा खुला गर्नुपर्ने बताएका हुन्। ‘अहिलेको यही क्षणदेखि इरानसँग ४८ घण्टा समय छ, जसअन्तर्गत उसले उक्त ...
— भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित भएका भियतनामले शनिबार घोषणा गरेको छ । भियतनामको नेशनल एसेम्ब्ली देशको शीर्ष विधायिका निकाय हो, तर यसले मुख्यतया सत्तारुढ कम्युनिस्ट पार्टीले गरेका निर्णयहरूलाई अनुमोदन गर्दछ । मतदाताहरूले आइतबार आफ्नो मतदान गरे र शनिबार आधिकारिक परिणामले केवल १८ निर्वाचित व्यक्तिहरू गैर–कम्युनिस्ट पार्टीका सदस्य भएको देखिएको छ । ...