मुख्य समाचार
नियुक्त भएको एक महिना नबित्दै फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा
नियुक्त भएको एक महिना नबित्दै फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

— फ्रान्सका नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले राजीनामा दिएका छन् । सोमबार राष्ट्रपति इमानुएल म्याक्रोंले नवनियुक्त प्रधानमन्त्री लेकोर्नुको राजीनामा स्वीकार गरेका छन् ।


लेकोर्नु २६ दिनअघि मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले आइतबार मात्रै मन्त्रिपरिषद्को घोषणा गरेका थिए । नयाँ मन्त्रिपरिषद् गठन भएपछि देशभर राजनीतिक असन्तोष बढेको थियो । पुरानै व्यक्ति मन्त्रीमा दोहोरिएको भन्दै प्रधनमन्त्रीको आलोचना भएको थियो ।

सोमबार मन्त्रिपरिषद्को पहिलो बैठकको तयारी भइरहेका बेला लेकोर्नुले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीका रूपमा काम गर्न असहयोग भएका कारण राजीनामा दिएको उनले बताएका छन् । उनले भने,'प्रधानमन्त्रीको रूपमा काम गर्न मलाई आवश्यक पर्ने सर्तहरू पूरा भएनन् ।'

अप्रत्याशित रूपमा आएको राजीनामाले फ्रान्सको अस्थिर राजनीतिक वातावरणलाई झन् गहिरो बनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । लेकोर्नुका समर्थक र विरोधी दुवैले नयाँ सरकारलाई अविश्वास प्रस्तावमार्फत गिराउने चेतावनी दिएका थिए ।

लेकोर्नुको राजीनामापछि नेसनल र्‍याली पार्टीले राष्ट्रपति इमानुयल म्याक्रोंलाई तुरुन्तै नयाँ संसदीय चुनाव आह्वान गर्न दबाब दिएको छ । र फ्रान्स अनबाउन्ड पार्टीले राष्ट्रपति म्याक्रोंको राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप