मुख्य समाचार
सोनाम वाङ्चुकले २४ सेप्टेम्बरमा लद्दाखमा भएको घटना स्वतन्त्र र न्यायिक छानबिन हुनुपर्ने बताए
सोनाम वाङ्चुकले २४ सेप्टेम्बरमा लद्दाखमा भएको घटना स्वतन्त्र र न्यायिक छानबिन हुनुपर्ने बताए

— भारतिय सामाजिक अभियन्ता सोनाम वाङ्चुकले २४ सेप्टेम्बरमा लद्दाखमा भएको घटना स्वतन्त्र र न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । जोधपुर केन्द्रीय कारागारमा रहेका उनले गत सेप्टेम्बर २४ तारिखको घटना छानबिन नभएसम्म आफू जेलमै बस्न तयार रहेको बताएका हुन् ।


वाङ्चुकका वकिल मुस्तफा हाजी र उनका दाइ का त्सेतान दोर्जे लेले गत शुक्रबार जोधपुर केन्द्रीय जेलमा उनलाई भेटेका थिए । आइतबार उनीहरूले वाङ्चुकको सन्देश सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे ।

वाङ्चुकले सन्देशमा भनेका छन्, 'म शारीरिक र मानसिक रूपमा ठिक छु, सबैको चिन्ता र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु,' उनी भन्छन्, 'ज्यान गुमाउनेहरूप्रति मेरो गहिरो श्रद्धाञ्जली छ र घाइते तथा पक्राउ परेकाहरूको लागि मेरो प्रार्थना सधैं रहनेछ ।'

भारतको लद्दाखमा गत २४ सेप्टेम्बरमा भएको हिंसात्मक आन्दोलनका कारण उनी २६ सेप्टेम्बरमा पक्राउ परेका हुन् । आन्दोलनका क्रममा ४ जना मारिएका थिए भने १५० भन्दा बडी घाइते भएका छन् ।

२४ सेप्टेम्बरयता सुरु भएको तनाव मत्थर भएजस्तो देखिए पनि यो क्षेत्र पूरै शान्त भइसकेको छैन । शनिबार स्थानीय प्रशासनले लेहमा जारी कर्फ्यु हटाइएको र स्थिति सामान्य भएको बताए पनि त्यहाँ अवस्था अझै अवस्था सामान्य भएको छैन ।


आन्दोलनको १० दिन बितिसक्दा पनि त्यहाँ मोबाइल र इन्टरनेट सेवामा लगाइएको प्रतिबन्ध हटेको छैन । कर्फ्यु हटाइएपनि ५ जना वा त्यसभन्दा धेरै भेला हुन नपाउने आदेश अझै जारी छ । यद्यपि सरकार वार्ताका लागि तयार रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

शान्ति सम्झौताका लागि भूमिसम्बन्धी सुरक्षा, रोजगारी, र लद्दाखको जनसांख्यिक पहिचान जोगाउने जस्ता विषयहरू समेटिएको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ ।



लद्दाखका प्रमुख सचिव पवन कोटवालले वक्तव्य पढ्दै, गत सेप्टेम्बर २४ मा पक्राउ परेका ४० जना युवाको रिहाइ घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम