मुख्य समाचार
सोनाम वाङ्चुकले २४ सेप्टेम्बरमा लद्दाखमा भएको घटना स्वतन्त्र र न्यायिक छानबिन हुनुपर्ने बताए
सोनाम वाङ्चुकले २४ सेप्टेम्बरमा लद्दाखमा भएको घटना स्वतन्त्र र न्यायिक छानबिन हुनुपर्ने बताए

— भारतिय सामाजिक अभियन्ता सोनाम वाङ्चुकले २४ सेप्टेम्बरमा लद्दाखमा भएको घटना स्वतन्त्र र न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । जोधपुर केन्द्रीय कारागारमा रहेका उनले गत सेप्टेम्बर २४ तारिखको घटना छानबिन नभएसम्म आफू जेलमै बस्न तयार रहेको बताएका हुन् ।


वाङ्चुकका वकिल मुस्तफा हाजी र उनका दाइ का त्सेतान दोर्जे लेले गत शुक्रबार जोधपुर केन्द्रीय जेलमा उनलाई भेटेका थिए । आइतबार उनीहरूले वाङ्चुकको सन्देश सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे ।

वाङ्चुकले सन्देशमा भनेका छन्, 'म शारीरिक र मानसिक रूपमा ठिक छु, सबैको चिन्ता र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु,' उनी भन्छन्, 'ज्यान गुमाउनेहरूप्रति मेरो गहिरो श्रद्धाञ्जली छ र घाइते तथा पक्राउ परेकाहरूको लागि मेरो प्रार्थना सधैं रहनेछ ।'

भारतको लद्दाखमा गत २४ सेप्टेम्बरमा भएको हिंसात्मक आन्दोलनका कारण उनी २६ सेप्टेम्बरमा पक्राउ परेका हुन् । आन्दोलनका क्रममा ४ जना मारिएका थिए भने १५० भन्दा बडी घाइते भएका छन् ।

२४ सेप्टेम्बरयता सुरु भएको तनाव मत्थर भएजस्तो देखिए पनि यो क्षेत्र पूरै शान्त भइसकेको छैन । शनिबार स्थानीय प्रशासनले लेहमा जारी कर्फ्यु हटाइएको र स्थिति सामान्य भएको बताए पनि त्यहाँ अवस्था अझै अवस्था सामान्य भएको छैन ।


आन्दोलनको १० दिन बितिसक्दा पनि त्यहाँ मोबाइल र इन्टरनेट सेवामा लगाइएको प्रतिबन्ध हटेको छैन । कर्फ्यु हटाइएपनि ५ जना वा त्यसभन्दा धेरै भेला हुन नपाउने आदेश अझै जारी छ । यद्यपि सरकार वार्ताका लागि तयार रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

शान्ति सम्झौताका लागि भूमिसम्बन्धी सुरक्षा, रोजगारी, र लद्दाखको जनसांख्यिक पहिचान जोगाउने जस्ता विषयहरू समेटिएको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ ।



लद्दाखका प्रमुख सचिव पवन कोटवालले वक्तव्य पढ्दै, गत सेप्टेम्बर २४ मा पक्राउ परेका ४० जना युवाको रिहाइ घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप