मुख्य समाचार
एभरटनले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–१ को सानदार जित निकाले
एभरटनले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २–१ को सानदार जित निकाले

— एभरटनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर इंग्लिस प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसमाथि २–१ को सानदार जित निकालेको छ । प्यालेसले पहिलो हाफमा अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । अन्ततः प्यालेसको १८ खेलको अपराजित यात्रा टुंगिएको छ ।


प्यालेसले ३७ औं मिनेटमा डानियल मुनोजको गोलमा ३८ औं मिनेटमा अग्रता लिएको थियो । टोली ७६ औं मिनेटसम्म जिततर्फ अग्रसर देखिएको थियो । तर त्यही बेला प्यालेसले एभरटनलाई पेनाल्टीको अवसर दियो । त्यसमा इलिमन एडियेले गोल गरेका थिए । दोस्रो हाफको खेल इन्ज्युरी समयमा प्रवेश गरेयता तेस्रो मिनेटमा ज्याक ग्रेलिसले विजयी गोल गरे र त्यो धेरै हदसम्म भाग्यले साथ दिएको गोल रह्यो ।

यो जितपछि एभरटनको ७ खेलबाट ११ अंक भएको छ । टोली सातौं स्थानमा उक्लेको छ । हारका बावजुत प्यालेस १२ अंकसहित पाँचौं स्थानमा रह्यो । प्यालेसले यो खेल जितेको भए दोस्रो स्थानमा उक्लिने थियो । ग्रेलिसले एभरटन आएयता गोल गरेको यो पहिलो पटक हो । ‘पहिलो गोलका लागि म खुसी छु । त्यो भन्दा टिमको जित महत्त्वपूर्ण हो ।’

न्युकासल युनाइटेडले भने सेन्ट जेम्स पार्कमा नटिङ्घम फरेस्टलाई २–० ले हरायो । टोलीको दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो । ब्रुनो गुइमारेसले ५८ औं मिनेटमा गोलको खाता खोलेपछि निक वाल्टमेडले ८४ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपेका थिए । यो जितपछि न्युकासलको ९ अंक भएको छ । टोली ११ औं स्थानमा उक्लेको छ ।

न्युकासलको यो लिगमा लगातार दोस्रो जित हो । फरेस्ट भने ५ अंकमै सीमित छ । टिम रेलिगेसन क्षेत्रबाट ठीक माथि १७ औं स्थानमा छ । हारले फरेस्टका नयाँ प्रशिक्षक एन्गे पोस्टेकोग्लु दबाब आएका छन् । क्लब सम्हालेयता उनी पहिलो जितका लागि संघर्षरत छन् । खेलपछि उनले भने, ‘हामीले दोस्रो हाफमा आफ्नो खेलको गति बढाएका थियौं । तर निर्णायक मोडका लागि सफल रहेनौं । हामीले मौका त सिर्जना गर्न सक्यौं, तर त्यसबाट फाइदा लिन सकेनौं ।’

यो सिजन राम्रो प्रदर्शनका लागि संघर्षरत उल्भसले अर्को खेलमा ब्राइटनसँग १–१ को बराबरी खेल्यो । यसले टोलीमाथि दबाब बढेको छ । लिगका सात खेल खेलिसक्दा उल्भसले अहिलेसम्म जित निकाल्न सकेको छैन । २ अंकसहित सबैभन्दा पुछारमा छ । ब्राइटन भने ९ अंकमा १२ औं स्थानमा रह्यो । उल्भस २१ औं मिनेटमा बार्ट भेरब्रगनको आत्मघाती गोलले अगाडि रह्यो । तर खेल सकिन चार मिनेट अगाडि ज्याक पाउल भानले गोल गरेपछि ब्राइटन उल्भसलाई जितबाट वञ्चित राख्न सफल रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...