मुख्य समाचार
बायर्नले जर्मन बुन्डेसलिगामा इन्ट्राख्ट फ्रान्कफर्टलाई ३–० ले हराए
बायर्नले जर्मन बुन्डेसलिगामा इन्ट्राख्ट फ्रान्कफर्टलाई ३–० ले हराए

— पछिल्लो समय बायर्न म्युनिख साँच्चै कीर्तिमानी लयमा छ । यसलाई अद्धितीय भन्न पनि मिल्छ । भर्खरै बायर्नले जर्मन बुन्डेसलिगामा इन्ट्राख्ट फ्रान्कफर्टलाई ३–० ले हराएको छ ।


अहिले छाँटकाँट के देखिएको छ भने भिन्सेन्ट कोम्पनीको टिमले जहाँ खेल्छ, त्यहीं जित्छ भन्ने लाग्न थालेको छ । अहिलेसम्म बायर्नले कुनै पनि प्रतियोगिताको खेल गुमाएको छैन । युरोपका खास पाँच ठूला लिगमा बायर्नको यो सिजन बेजोड छ ।

बायर्न नै एकमात्र त्यस्तो टिम रहेको छ, जसले सुरुआती सबै १० खेल जितेको छ । यसमा घरेलु लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिगका खेल पनि पर्छ । त्यसको अर्थ के भने यो सिजन यी तीनै प्रतियोगितामा उपाधिको कोही एक बलियो दावेदार कोही छ भने त्यो बायर्न नै हो । अझ उल्लखेनीय पक्ष के भन्दा बायर्नले यो सबै सफलता आफ्ना दुई प्रमुख खेलाडीविना प्राप्त गरेको हो र उनीहरू हुन्, जमल मुसियला र अल्फान्सो डेभिस ।

यी दुवै खेलाडी चोटमुक्त हुँदै मैदानमा फर्कने क्रममा छन् । उनीहरू आएयता बायर्न अझ कति बलियो हुने हो, त्यो अनुमान मात्र गर्न सकिन्छ । बायर्नको अहिलेसम्मको यात्रामा कोही एक खेलाडीको साँच्चै ठूलो योगदान छ भने उनी हुन्, इंग्लिस कप्तान ह्यारी केन । खासमा बायर्न मात्र होइन्, उनी आफैं पनि उत्कृष्ट व्यक्तिगत लयमा छन् । उनको प्रदर्शन पनि युरोपका ठूला पाँच लिगका खेलाडीको तुलनामा एक पाइला अगाडि रहेको छ ।

केही फुटबल पण्डितले केन आफ्नो पूरा खेल जीवनमै अहिले सबैभन्दा बढी लयमा रहेको समेत विश्लेषण गरेका छन् । बायर्नले यसपल्ट खेलका १० खेलमध्ये १८ गोल गरिसकेका छन् । पछिल्लो साता मात्रै उनी ती ठूला पाँच लिगका खेलाडीमध्ये सबैभन्दा चाँडै कम खेल खेलेर सय गोल गर्ने खेलाडी बनेका थिए । यसअघि यस्तै कीर्तिमान क्रिस्टियानो रोनाल्डो र इर्लिङ हालान्डको नाममा थियो । केनले यिनै दुई खेलाडीको कीर्तिमान उछिनेका हुन् ।

फ्रान्कफर्टविरुद्धको खेलमा पनि उनले एक गोल गरे । त्यस खेलपछि उनको प्रतिक्रिया थियो, ‘यस खेलमा पनि हाम्रो प्रदर्शन उच्च रह्यो । पहिलो हाफमा दुई गोल गरेपछि खेल सजिलै हाम्रो पक्षमा रह्यो । दोस्रो हाफमा हामीले अझ बढी गोल गर्नुपर्ने थियो । अहिले हामी जुन लयमा छौं, त्यसलाई पूरा सिजन कायम राख्नुपर्ने हुन्छ । अबको साता हामी सबै राष्ट्रिय टिमका लागि खेल्नमा व्यस्त हुनेछौं । त्यसपछि हाम्रा लागि सबैभन्दा महत्त्वको खेल रहेको छ र यो बोरुसिया डर्टमन्डविरुद्ध हुनेछ ।’ रोनाल्डो र हालान्डले सय गोलका लागि १ सय ५ खेलेका थिए ।

केनले यही उपलब्धिका लागि एक खेल कम खेले, त्यो भनेको १ सय ४ खेल । कुनै पनि सिजनको सुरुआतमा यो प्रदर्शनले लियोनल मेसी र रोनाल्डोसँगै बायर्नका लागि रोबर्ट लेवान्डोस्कीकै प्रदर्शनलाई पनि उछिनेको छ । च्याम्पियन्स लिगमा पनि पाफोसविरुद्धको खेलमा केनले दुई गोल गरे । केनले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको ५९ खेलमा ४४ गोल गरिसकेका छन् । यसको अर्थ के भने उनको गोल औसत प्रत्येक खेलमा ०.७५ रहेको छ, जुन आफैमा उत्कृष्ट हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...