मुख्य समाचार
कुर्सी जडान नहुँदा कभर्डहल ५ वर्षदेखि अलपत्र
कुर्सी जडान नहुँदा कभर्डहल ५ वर्षदेखि अलपत्र

— जिल्ला सदरमुकाम मन्थलीमै बहुउद्देश्यीय कभर्डहल वर्षौंदेखि अधुरो छाडिएको छ । मन्थली नगरपालिका–२ स्थित भुत्त्याहा खोला किनारमा निर्माणाधीन कभर्डहल ५ वर्षदेखि अलपत्र छ । २०७७ असारमा निर्माण सुरु गरिएको कभर्डहल १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य थियो ।


बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको ६ करोड ५७ लाख ९२ हजार ८ सय ८० रुपैयाँमा सुनकोसी–गिरी जेभी, काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो । ६० प्रतिशतभन्दा बढी संरचना निर्माण भइसके पनि निर्माण व्यवसायीले रिमोटबाट चल्ने १ हजार १८० वटा अटोमेटिक कुर्सी जडान गर्न नसक्दा काम रोकिएकै वर्षौं भइसक्यो ।

स्थानीय खेलाडी रमेश चापागाईं भन्छन्, ‘कभर्डहल बन्न थालेपछि खेलाडीमा उत्साह थपिएको थियो । तर १८ महिनामा बन्नुपर्ने ५ वर्षसम्म बनेको छैन । यसले खेलाडीलाई असुविधा भएको छ ।’ सबै संरचना निर्माण भइसके पनि नेपालमै अहिलेसम्म प्रयोगमा नआएको भनिएको रिमोटबाट चल्ने १ हजार १८० वटा अटोमेटिक कुर्सी जडान गर्न नसक्दा कभर्डहल अलपत्र बनेको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले बताए ।

उनका अनुसार ५ वर्षअघि सुरु भएको कभर्डहल अहिले जीर्ण बन्दै गएको छ । ‘बनेका संरचना फुट्ने र भत्किने अवस्थामा पुगेका छ,’ उनले भने, ‘वडाध्यक्षको काम खेलकुद पूर्वाधार संरक्षण नभई कभर्डहलमा पस्ने पशुचौपाया धपाउने काममा सीमित भएको छ ।’

सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रे र ठेक्का पाएको निर्माण कम्पनी सुनकोशी–गिरी जेभी काठमाडौंबीच लगातार आरोप–प्रत्यारोपका कारण राज्यको करोडौं रुपैयाँको लगानी अलपत्र बनेको अध्यक्ष कार्कीको भनाइ छ । सामाजिक विकास कार्यालय काभ्रेकी प्रमुख रनमाया फ्याकका अनुसार मन्थलीस्थित बहुउद्देश्यीय कभर्डहल सामाजिक विकास मन्त्रालयको ६ करोड ५७ लाख ९२ हजार ८८० मध्ये अन्य संरचनाबाहेक करिब २ करोड ८५ लाख रुपैयाँ अटोमेटिक कुर्सी जडानका लागि स्टमेट गरिएको थियो ।

तर, सोही काम जम्मा ८५ लाख रुपैयाँमा गर्ने गरी सुनकोशी–गिरी जेभीले ठेक्का पाएको र काम पूरा गर्न नसक्दा योजना अलपत्र बनेको उनले बताइन् । उनले भनिन्, ‘२ करोड ८५ लाखको स्टमेट रहेको अटोमेटिक कुर्सी जडान गर्ने काम ८५ लाखमा ठेक्का पाएको हो । अहिले यही काम नसकेर योजना रोकिएको अवस्था छ । निर्माण व्यवसायीले काम गर्छु भन्ने प्रतिबद्धता जनाएका छन् । अरू कुनै विकल्प छैन, तोकिएको बजेटमै काम गर्नुपर्छ ।’

उनका अनुसार प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट सचिवस्तरीय निर्णयमार्फत २०८३ जेठसम्म काम सक्ने गरी म्याद थपिएको छ । म्याद थपिएको पछिल्लो चरणमा कार्यालयका इन्जिनियर र निर्माण व्यवसायीबीच अटोमेटिक चियर जडानबारे छलफल भएको र त्यसपछि निर्माण व्यवसायीले काम अघि बढाइसकेको जानकारी दिएको प्रमुख फ्याकको भनाइ छ ।

सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले मन्थलीको बहुउद्देश्यीय कभर्डहल योजना सम्पन्न गर्न देखिएका कानुनीलगायत समस्या समाधान गरी दसैं सकिएलगत्तै बाँकी काम सुरु गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘यो अहिले क्रोनिक प्रोजेक्ट बनेको छ । मन्त्रालयमै चर्चाको विषय बनेपछि स्वयं अनुगमनमा आए । कानुनी जटिलता, निर्माण व्यवसायी र कार्यालयबीचको समन्वय, स्थानीय सरकारका धारणा सबै सुनेका छौं । अब देखिएका समस्या समाधान गरेर दसैं सकिएपछि बाँकी काम सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...