: प्रतिबन्धित समूह 'प्यालेस्टाइन एक्सन' को समर्थनमा प्रदर्शन गरेको आरोपमा मध्य लन्डनमा करिब ५०० जनालाई पक्राउ गरिएको छ। बेलायती प्रहरीका अनुसार शनिबार प्यालेस्टाइन एक्सन समूहको समर्थनमा प्रदर्शनमा उत्रिएका कम्तिमा ५०० जना पक्राउ परेका हुन्।
प्रदर्शनमा करिब एक हजार जना सहभागी भएको बताइएको छ।
यस वर्षको जुलाईमा, बेलायती सरकारले प्यालेस्टाइन एक्सनलाई प्रतिबन्ध लगाएको थियो। त्यसबेलादेखि यस संस्थासँगको कुनै पनि सम्बन्ध वा समर्थबन देशमा अवैध छ।
प्रतिबन्धित संगठनको समर्थनमा प्रदर्शन गरेको आरोपमा ४८८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यी व्यक्तिहरू १८ देखि ८९ वर्ष उमेर उमूहका छन्।
बिहीबार म्यानचेस्टरको एउटा यहूदी प्रार्थनास्थलमा भएको आक्रमणपछि मन्त्रीहरू र प्रहरीले प्रदर्शनकारीहरूलाई प्रदर्शन स्थगित गर्न आग्रह गरेका थिए। तर उनीहरूले उक्त आग्रहलाई वेवास्ता गर्दै प्रर्शनमा उत्रिएका थिए।
'प्यालेस्टाइन एक्सन' एक अभियान समूह हो। सरकारले आतंकवाद ऐनअन्तर्गत प्यालेस्टाइन एक्सनमाथि प्रतिबन्ध लगाएको थियो। यस कानुनअन्तर्गत संगठनमा सामेल हुनु वा समर्थन गर्नु अपराध मानिन्छ।