मुख्य समाचार
सल्यानको चोरखोलामा भएको फोर्स गाडी दुर्घटनामा सख्त घाइते भएकी महिलाको मृत्यु
सल्यानको चोरखोलामा भएको फोर्स गाडी दुर्घटनामा सख्त घाइते भएकी महिलाको मृत्यु

— पाँचदिन अघि राप्ती राजमार्ग अन्तर्गत सल्यानको चोरखोलामा भएको फोर्स गाडी दुर्घटनामा सख्त घाइते भएकी महिलाको मृत्यु भएको छ । सख्त घाइते भएकी ३६ वर्षीया विना केसीको उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्यु भएपछि उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या चार जना पुगेको छ ।


गत असोज १२ गते रुकुम पश्चिमबाट दाङ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत कुपरकोट गाउँपालिका ३- चोरखोला नजिकै दुर्घटना हुँदा रुकुम जिल्लाको बाँफिकोट गाउँपालिका–५ का एकै घरका वर्ष २७ का प्रकाश केसी, शशिधर केसी र वर्ष ६८ की पवी केसीको घटनास्थलमै मृत्यु भएको थियो भने वर्ष ४७ का खगेन्द्र केसी र ३६ वर्षकी बिना केसी सख्त घाइते भएका थिए ।

सख्त घाइते भएकी विनाको भारतको लखनउस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले बताए । लखनउमा मृत्यु भएकी उनको शवलाई आफन्तले पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुकुम लगेको उनले जानकारी गराए ।

उनका अनुसार वर्ष ६८ की पवी केसी बिरामी भएपछि घर परिवारले उपचार गर्न लैजाँदै गर्दा जिप अनियन्त्रित भएर चोरखोलामा दुर्घटनामा परेको थियो । जिप सडकदेखि २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘जनसंहार’ शब्दमा अल्झियो सरकार-जेनजी वार्ता
चमत्कारिक ओभरहेड किकले रोनाल्डो चर्चामा
। अध्यागमन विभागमा एउटा सूचना आयो– चिनियाँको एक समूहले काठमाडौंमा भिसा विपरीतको काम गर्दै आएको छ । सूचनालाई थप भेरिफाइ गरेपछि उक्त चिनियाँ समूहलाईलाई अध्यागमन विभागले लोकेट गर्‍यो । सोह्रखुट्टे भन्दा केही पर म्हैपीको एक घरमा उनीहरूको बसेको अध्यागमनले पत्ता लगायो । अध्यागमनको टोलीले २८ आसोजमा उक्त घरमा खानतलासी गर्न पुग्यो । प्रहरी समेत लिएर गएको अध्यागमन ...
रुस-युक्रेन युद्धमा नयाँ वार्ताका लागि संयुक्त राज्य अमेरिका, युक्रेन र यसका युरोपेली सहयोगीहरूका प्रतिनिधिमण्डल आइतबार जेनेभामा भेट्ने
— मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले आइतबारदेखि गर्ने भनिएको हड्तालका कार्यक्रम फिर्ता लिएको छ । सरकार र महाभियानका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको वार्तामा महाभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति बनेको हो । 'वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा ...