मुख्य समाचार
साउदीमा ‘काममा अनुपस्थित’ श्रमिकलाई नयाँ रोजगारदातासँग काम गर्न पाउने नियम लागू
साउदीमा ‘काममा अनुपस्थित’ श्रमिकलाई नयाँ रोजगारदातासँग काम गर्न पाउने नियम लागू

— साउदी सरकारले पुरानो रोजगारदातालाई छाडेर बस्दा ‘काममा अनुपस्थित’ भएको श्रमिकले नयाँ रोजगारदाता (स्पोन्सर) सँग काम गर्न पाउने नयाँ नियम लागू गरेको छ ।


साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले रोजगारदाता परिवर्तन गर्न पाउने नियमलाई थप लचकता बनाउँदै पुरानो रोजगारदाता छाडेका श्रमिकलाई कानुनी हैसियत दिएको हो । अब कानुनी हैसियत गुमेका श्रमिकलाई पुनः कानुनी हैसियत पाइनेछ । यो व्यवस्था १८ सेप्टेम्बर २०२५ देखि किवा (साउदीको अनलाइन प्लेटफर्म) मार्फत कार्यान्वयनमा ल्याएको छ ।

मानव संशाधन मन्त्रालयका अनुसार यो नियमले श्रमिकको करार अधिकार सुरक्षित गर्ने, साउदी अरबको श्रम बजारलाई आकर्षक बनाउने र श्रम नियमहरूको पालना सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

यो नियम अनुसार काममा अनुपस्थितको हैसियत भएका तीन थरीका श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाइनेछ । जसमा 'काममा अनुपस्थित' भई ६० दिनको ग्रेस पीरियड पाएका, करार अवधि सकिएको वा करार तोडिएका र १८ सेप्टेम्बर २०२५ भन्दा अघि अनुपस्थित रिपोर्ट दर्ता गरिएका श्रमिक रहेका छन् ।

यसको लागि दुई सर्त राखिएको छ । जसमा नयाँ रोजगारदाताले श्रम परमिट लगाउन लाग्ने सबै शुल्क तिर्ने प्रतिबद्धता जनाउनुपर्छ । ती श्रमिकहरू अघिल्लो काम छोड्नु अघि वा करार अवधि सकिनु अघि कम्तीमा १२ महिनासम्म लगातार साउदी अरबमा काम गरेको हुनुपर्छ ।

मानव संशाधन मन्त्रालयका अनुसार यो नियमले श्रम बजार सुधार गर्न निरन्तर चालिरहेको एउटा हिस्साको रूपमा आएको हो । यसले रोजगारदाता र श्रमिक दुवैका लागि न्यायपूर्ण समाधान दिने, नियमलाई पालना प्रोत्साहित गर्ने र साउदी अरबको श्रम बजारलाई थप प्रतिस्पर्धात्मक कार्य वातावरण सिर्जना गर्ने मानव संशाधन मन्त्रालयले जनाएको छ ।

साउदीमा नियमित तलब नपाउने, कम तलब पाउने र कार्यवातावरण नहुँदा कम्पनी छाड्ने गरेका छन् । साउदीमा कार्यरत नेपाली श्रमिकहरूले साउदीको नियमहरू व्यवहारिक रूपमा पालना गर्न श्रमिकलाई निकै कठिन हुने बताउँदै आएका छन् ।

मानवअधिकार संगठनहरुले साउदी अरबका ठूला आयोजनामा काम गर्ने श्रमिकको मृत्यु दर, अत्यधिक कामको समय, असुरक्षित कामका अवस्था लगायत विषयमा गम्भीर आलोचना गर्दै आइरहेका छन् । साउदीले श्रम सुरक्षा, महिला अधिकार, स्थानीय नागरिकको रोजगारी सुनिश्चित गर्न श्रम बजारमा व्यापक सुधार गरेको दाबी गर्दै अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले सार्वजनिक गरेका प्रतिवेदनमाथि प्रश्न गर्ने गरेको छ ।

साउदी अरब र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच ‘मर्यादित श्रम सुधार’ को कार्यक्रम लागू गर्न सहकार्य भइरहेको छ ।

साउदीमा हाल चार लाख नेपालीले काम गरिरहेका छन् । कोभिड पछि साउदीले नेपाली श्रमिकको कोटा बढाउँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम