मुख्य समाचार
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिशोधको राजनीति हावी भए परिस्थिति अझ जटिल बन्ने चेतावनी
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिशोधको राजनीति हावी भए परिस्थिति अझ जटिल बन्ने चेतावनी

। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिशोधको राजनीति हावी भए परिस्थिति अझ जटिल बन्ने चेतावनी दिएका छन् ।

‘नेपालमा जेन्जी आन्दोलनको नाममा जे भइरहेको छ, त्यसको निष्पक्ष र स्वतन्त्र छानबिन त हुनैपर्छ’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘छानबिनको नाममा यदि प्रतिशोधको राजनीति हावी भयो भने, सशक्त प्रतिवाद हुनेछ, परिस्थिति अझ जटिल बन्नेछ ।’


थाइल्याण्डमा थाक्सिन सिनवात्रामाथि गरिएको प्रतिशोधपूर्ण व्यवहारले राजनीतिक घाउ कहिल्यै निको नभएको उदाहरण उनले प्रस्तुत गरेका छन् ।

बर्मामा आङ सान सुकीलाई दशकौँ नजरबन्दमा राख्दा मुलुक आज हत्या र हिंसाको दलदलमा डुबेको उल्लेख गर्दै उनले भनेका छन्, ‘शासकले प्रतिशोधका आधारमा निर्णय गर्न थाल्यो भने परिणाम कहिल्यै शुभ हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महिला प्रधानमन्त्री भएता पनि मन्त्रिपरिषद्मा अन्य महिला अटाउन नसकेको टिप्पणी गरेका छन् । दशैं, दिपावली, छठ पर्वको अवसरमा रौतहटको गरूडा नगरपालिकाको जयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महिला प्रधानमन्त्री हुँदा पनि मन्त्रीमा पुरुष मात्रै किन भनेर प्रश्न गरेका हुन् । ‘महिला प्रधानमन्त्रीले एक जनापनि महिलालाई मन्त्री बनाउन ...
। दशैंको अवधिमा मानव अधिकार आयोगमा एउटा मात्र उजुरी परेको छ । राष्ट्रिय मानव अधिकार आयोगले जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लंघन भएको एउटा घटनाको उजुरी प्राप्त भएको जनाएको छ । त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिएका छन् । सार्वजनिक बिदा तथा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि ...
। ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र ठाउँ चोभार गल्छीको आज स्थलगत निरीक्षण गरेको छ । स्थलगत निरीक्षणपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताए । जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाडौं उपत्यकामा समेत भारी वर्षाको प्रक्षेपण गरेकाले प्रमुख जिल्ला अधिकारी ...
। चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूले नागरिकलाई रातिमा यात्रा नगर्न अनुरोध गर्दै सूचना निकालेका छन् । सूचनामा उल्लेख भएअनुसार पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढु‌ङ्गा एवं नारायणगढ मुग्लिन सडकको विभिन्न स्थानहरुमा निरन्तर पहिरो गई समय–समयमा सवारी आवागमन अवरुद्ध हुँदै आइरहेको छ । तीनवटै जिल्लाको संयुक्त पहल एवं समन्वयमा पहिरो हटाई सवारी आवागमन सुचारु गरिएको ...
। नेकपा एमालेमा महासचिव शंकर पोख्रेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् । ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ’ सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन ।’ खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा रहेको उल्लेख गर्दै उनी ...