मुख्य समाचार
भारतको निम्तोमा अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका एक जना वरिष्ठ मन्त्री भारत भ्रमणमा आउँदै
भारतको निम्तोमा अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका एक जना वरिष्ठ मन्त्री भारत भ्रमणमा आउँदै

। भारत र अफगानिस्तानबीच २०२५ असोज २३ गते (९ अक्टोबर) देखि सम्बन्धको नयाँ अध्याय सुरु हुँदैछ । किनभने यस दिन भारतको निम्तोमा अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका एक जना वरिष्ठ मन्त्री भारत भ्रमणमा आउँदैछन् ।

तालिबानका कमाण्डर एवम् अफगानिस्तानका विदेश मन्त्री अमीर खान मुत्ताकी भारत भ्रमणमा आउँदैछन् । ‘अपरेसन सिन्दूर’, पाकिस्तानको आक्रामकता र अमेरिकाको भारतप्रति बदलिँदो नीतिका बीच मुत्ताकीको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।

संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित अमीर खान मुत्ताकीलाई भारत आउन दिन भारतले संयुक्त राष्ट्रसँग विशेष छूट मागेको भारतीय मिडियाहरुले जनाएका छन् ।

केही दिनमै अफगानिस्तानका विदेश मन्त्री र तालिबानको शीर्ष नेतृत्वमा गनिएका अमीर खान मुत्ताकी भारत आउने तयारीमा छन् । सन् २०२१ को अगस्टमा अफगानिस्तानमा तालिबान सत्तामा आएपछि भारत भ्रमणमा जाने उनी पहिलो उच्चस्तरीय तालिबान नेता हुने छन् ।



को हुन् भारत आउन लागेका तालिबान नेता मुत्ताकी ?

सन् २०२१ को अगस्टमा अमेरिका अफगानिस्तान छाडेपछि तालिबानले सत्ता कब्जा गरेको थियो । त्यतिबेला राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका अशरफ गनी मुलुक छोडेर भागेका थिए । यससँगै दुई दशक लामो अमेरिका समर्थित शासनको अन्त्य भएको थियो । त्यही समयमा तालिबानका एक प्रभावशाली कमाण्डरका रूपमा अमीर खान मुत्ताकीले ठूलो भूमिका खेलेका थिए ।

अमीर खान मुत्ताकी १९९० को दशकदेखि नै तालिबानको उदयमा सक्रिय थिए । उनले तालिबानको सैन्य, प्रशासनिक र कूटनीतिक भूमिकामा जिम्मेवारी सम्हालेका थिए ।

मुत्ताकी मूलत: हेलमन्द प्रान्तका हुन् । अफगान जिहादको समयमा उनी कम्युनिष्ट शासनविरुद्धको लडाइँमा सक्रिय थिए । १९९४ मा तालिबान उदाएपछि उनी त्यसमा सहभागी भए र कमाण्डरका रूपमा तालिबानको एजेन्डा लागू गर्न अगाडि बढे ।

तर, मुत्ताकीका गतिविधिहरू मानवअधिकार उल्लंघन, आतंकवादलाई समर्थन र महिला–बालबालिकाको अधिकार दमनले अन्तर्राष्ट्रिय स्तरमा ठूलो चिन्ता पैदा गरेको थियो ।

संयुक्त राष्ट्रले २५ जनवरी २००१ मा उनलाई प्रतिबन्धित घोषणा गरेको थियो । यो प्रतिबन्ध संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १२६७ (१९९९) र १३३३ (२०००) अन्तर्गत लागु भएको थियो ।

तालिबान प्रशासनमा रहँदा मुत्ताकीले महिला अधिकार र बालबालिकाको शिक्षामा कट्टरपन्थी नीति अपनाएका थिए । तालिबानको पहिलो शासनकालमा उनी शिक्षा मन्त्री बनेका थिए । उनले बालिकाको शिक्षा पूर्ण रूपमा प्रतिबन्ध लगाएका थिए । स्कूलहरूलाई कट्टरपन्थी मदरसामा बदल्ने नीति ल्याएका थिए ।

१९९६ तिर संस्कृति मन्त्री हुँदा उनले मिडियामा सेन्सरसिप लगाएका थिए । पश्चिमी संस्कृतिमाथि पनि उनले प्रतिबन्ध लगाए । तालिबानको कट्टर नीति लागू गर्न उनले सक्रिय भूमिका खेलेका थिए ।

यिनै गतिविधिका कारण संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उनीमाथि सन् २००१ मा प्रतिबन्ध लगाएको थियो, जसमा विदेश भ्रमणसमेत रोक लगाइएको थियो ।

तर अब भारत सरकारको अनुरोधमा संयुक्त राष्ट्रले २४ वर्षपछि ९ देखि १६ अक्टोबरसम्म भारत यात्रा गर्न उनलाई अस्थायी छूट दिएको भारतीय मिडिया आजतकले जनाएको छ ।

ध्यान दिनुपर्ने कुरा के हो भने भारतले अझै तालिबान सरकारलाई औपचारिक मान्यता दिएको छैन । तर, अफगानिस्तानको राजधानी काबुलमा भारतले आफ्नो कूटनीतिक कार्यालयमार्फत व्यापार, सहायता र स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराइरहेको छ ।

पाकिस्तान–चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने भारतको प्रयास

भारतले तालिबान नेतृत्वसँगको सम्पर्कलाई रणनीतिक आवश्यकता मानेको छ ।

मुत्ताकीको यात्रा गत सेप्टेम्बरमै प्रस्तावित थियो तर संयुक्त राष्ट्र संघबाट छूट नपाएका कारण रद्द गरिएको थियो ।

यस वर्ष मे महिनामा भारतका विदेश मन्त्री एस. जयशंकरले मुत्ताकीसँग ‘राम्रो छलफल’ भएको बताएका थिए र ‘पहलगाम आतंकवादी आक्रमणको निन्दा गरेकोमा तालिबान सरकारप्रति कृतज्ञता’ प्रकट गरेका थिए ।

तालिबान नेतृत्वलाई भारत भ्रमणको अवसर दिनु अफगानिस्तानमा भारतको प्रभाव कायम राख्ने प्रयास भएको कतिपयको बुझाइ छ । तालिबानलाई मान्यता नदिए पनि व्यावहारिक सम्पर्कमार्फत क्षेत्रीय स्थिरता र आतंकवाद नियन्त्रण गर्न भारतले चाहेको छ । तालिबानले पनि भारतविरुद्ध आफ्नी भूमि प्रयोग हुन नदिने बाचा गरेको छ ।

मुत्ताकीको भ्रमण चाबहार बन्दरगाहमार्फत व्यापार विस्तार गर्ने र मध्य एशियासम्म भारतको पहुँच बढाउने रणनीतिको हिस्सा भएको बताइन्छ । यसले पाकिस्तानलाई बाइपास गर्ने अवसर दिनेछ । यो कदम पाकिस्तान–चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्ने प्रयास पनि हो ।

त्यसैले मुत्ताकीलाई भ्रमणको निम्तो दिएर भारत सरकारले कूटनीतिक सम्बन्धमा ‘रिसेट बटन’ दबाएको टिप्पणी भइरहेको छ ।

हालै भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’ पछि दक्षिण एशियाली कूटनीति झनै बदलिएको छ । सोही कारण भारत अफगानिस्तानमा आफ्नो उपस्थिति बढाउन चाहेको छ । त्यसैले भूकम्प जस्ता विपद्का बेला भारतले अफगानिस्तानलाई मानवीय सहायता पनि पठाइरहेको छ ।

यद्यपि भारत अगाडि मानवअधिकार उल्लंघन र इस्लामी कट्टरपन्थका चुनौती अझै छन् । तर, भारत यसलाई कूटनीतिक अवसरको रूपमा हेरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा हमला भए तेल ढुवानीको जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गरिने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर, अमेरिका र इजरायलको व्यवहारका कारण उक्त माग भएर समुद्री जहाजहरू अवागमनमा हिच्किचाइरहेका बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ...
। मध्य पूर्वमा जारी युद्धका बीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन् । बीबीसीका अनुसार खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका हुन् । बहराइनको गृह मन्त्रालयले सोशल मिडिया पोस्टमा भनेको छ, ‘अलार्म सायरनलाई सक्रिय गरिसकेको छ । नागरिकसँग हामीले शान्त रहन र नजिकको ...
— नेपाल–चीन सीमानाका तातोपानी क्षेत्रको अनुगमनपछि वन तथा वातावरण, भौतिक पूर्वाधार एवं यातायातमन्त्री माधवप्रसाद चौलागाईंले कोदारी राजमार्गलाई व्यवस्थित बनाउँदै खासा नाका सञ्चालनका लागि पहल गर्ने बताएका छन् । शनिबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौलागाईंले चीनसँग जोड्ने कोदारी राजमार्गअन्तर्गत विभिन्न खण्डमा देखिएको पहिरो जोखिमलाई दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले पहिरो नियन्त्रणका लागि ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलमार्ग खुला नगरे इरानका ऊर्जा केन्द्रहरू ‘पूर्ण रूपमा ध्वस्त पार्ने’ चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेख्दै उनले विश्वव्यापी तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग ४८ घण्टाभित्र कुनै पनि धम्कीबिना पूर्ण रूपमा खुला गर्नुपर्ने बताएका हुन्। ‘अहिलेको यही क्षणदेखि इरानसँग ४८ घण्टा समय छ, जसअन्तर्गत उसले उक्त ...
— भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित भएका भियतनामले शनिबार घोषणा गरेको छ । भियतनामको नेशनल एसेम्ब्ली देशको शीर्ष विधायिका निकाय हो, तर यसले मुख्यतया सत्तारुढ कम्युनिस्ट पार्टीले गरेका निर्णयहरूलाई अनुमोदन गर्दछ । मतदाताहरूले आइतबार आफ्नो मतदान गरे र शनिबार आधिकारिक परिणामले केवल १८ निर्वाचित व्यक्तिहरू गैर–कम्युनिस्ट पार्टीका सदस्य भएको देखिएको छ । ...