। नेकपा एमालेमा महासचिव शंकर पोख्रेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् ।
‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ’ सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘राजनीति र समाज व्यवस्थाको विषय कुनै एक पुस्ताको मात्र विषय होइन, हुन सक्तैन ।’
खास समयमा देखिने असन्तोष र विद्रोह आफ्नो ठाउँमा रहेको उल्लेख गर्दै उनी थप्छन्, ‘समाज र राजनीतिले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । तर त्यही नै समाज र राजनीतिको अबको बाटो हो भनेर भ्रमित हुनुहुँदैन ।’