मुख्य समाचार
मलेसियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत
मलेसियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत

। मलेसियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन् । विभिन्न खालका समस्यासहित दैनिक १०० भन्दा बढी श्रमिक दूतावास पुग्छन् । कतिपयले फोन तथा मेलबाट समेत समस्या दूतावासमा पुर्‍याउँछन् । तलब र सुविधा नपाउने, लामो समय काममा लगाइने, पासपोर्ट–भिसा जस्ता कागजात गुम्ने वा उद्धार आवश्यक पर्ने जस्ता समस्या भोग्दै आएका छन् । यी समस्या समाधानका लागि क्वालालम्पुरस्थित नेपाली राजदूतावास मुख्य आधार हो ।

तर, दूतावासमा उपलब्ध जनशक्ति भने अत्यन्त न्यून छ । राजदूतसहित जम्मा २१ जना कर्मचारी रहेका दूतावासमा श्रमिकका हकहितको काम गर्ने मूल टिम ५–७ जनामात्र छन् ।

हालै वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा करारमा राखिएका दुई कर्मचारीको तलब रोकिएपछि उनीहरूलाई हटाइएको छ, जसले थप चुनौती सिर्जना गरेको छ । दूतावासका श्रम काउन्सेलर कृष्ण प्रसाद भुसालका अनुसार बोर्डबाट तलब खानेगरी राखिएका दुई कर्मचारीलाई हटाइएको हो ।

उनीहरूलाई हटाइएपछि काममा थप समस्या भएको उनको भनाइ छ । ‘अब त ती दुई जना पनि हटेपछि झन् गाह्रो भएको छ । चार लाख मानिस भनेको दुई जिल्लाको जनसंख्या जस्तै हो । यति ठूलो संख्यामा श्रमिक हुँदा सीमित जनशक्ति र स्रोत–साधनले सबै समस्या सम्बोधन गर्न कठिन हुन्छ,’ उनले भने ।



मलेसियामा महिनामा औसत ४० जना नेपाली श्रमिकको मृत्यु हुने गरेको तथ्यांक छ । शव नेपाल पठाउनेदेखि बिरामी तथा समस्यामा परेका श्रमिकलाई उद्धार गर्नुपर्ने दायित्व दूतावासको छ । तर स्रोत–साधन अपुग हुँदा धेरैपटक खर्च आफैंले व्यवस्थापन गर्नुपर्ने अवस्था आउने गरेको दूतावासका अधिकारीहरू बताउँछन् ।

दैनिक औसत १५०–२०० जना नेपाली पासपोर्ट सेवाका लागि दूतावास पुग्छन् । त्यस्तै, ५ देखि ३० जनासम्म श्रमिकको गुनासो आउने गरेको छ । यसबाहेक कम्पनीहरूले पठाउने मागपत्र (डिमान्ड लेटर) प्रमाणीकरण, निरीक्षण तथा कानुनी प्रक्रिया पनि दूतावासकै जिम्मेवारीमा पर्छ ।

दूतावासले श्रमिकसँग सीधा सम्पर्क बढाउन विभिन्न माध्यम प्रयोग गरिरहेको छ । भुसालका अनुसार श्रमिकका गुनासा सुन्न र समाधान गर्नका लागि हटलाइन, इमेल, क्युआर कोड जस्ता सुविधाको व्यवस्था छ ।

‘हामीसँग चारवटा हटलाइन छन्, इमेलबाट गुनासो लिन्छौं, क्यूआर कोडमार्फत पठाउने व्यवस्था छ । हप्तामा एकपटक फेसबुक लाइभमार्फत प्रत्यक्ष प्रश्न–उत्तर गर्ने गर्छौं,’ उनले भने ।

सबैभन्दा ठूलो समस्या भनेकै अपुग स्रोत–साधन हो । ‘चार लाख श्रमिकलाई सेवा दिन जम्मा १९–२० जना कर्मचारी पर्याप्त छैनन् । अझ उद्धार र राहतका काममा त ५० प्रतिशत पनि पूरा गर्न सकिँदैन,’ भुसालले भने ।

उनका अनुसार, दूतावासलाई स्थानीय कर्मचारी राख्ने प्रावधान भए पनि मलेसियाली नागरिकले यस्तो काम गर्न नचाहेकाले लामो समयदेखि बस्दै आएका नेपालीलाई नै राखिएको थियो । तर तलब रोकिँदा उनीहरू पनि हटाइएका छन् ।

एनआरएनए, स्थानीय समुदाय तथा स्वयं दूतावासका कर्मचारीको व्यक्तिगत पहलमा उद्धार कार्य भइरहे पनि दीर्घकालीन समाधानका लागि सरकार र सम्बन्धित निकायले जनशक्ति र बजेट बढाउनैपर्ने आवश्यकता देखिएको दूतावासका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...
। अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए । अर्का एक जना भने ...
: अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो। निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४:४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष ...
— भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग गरेका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय बहसमा रहेका बेला भारतमा रहेका नेपालीहरुले पनि आवाज पठाएका छन् । प्रवासी नेपालीहरुको संगठन नेपाली समाज भारतले मंगलबार दिल्लीस्थित नेपाली दूतावासमा उक्त माग राख्दै ज्ञापन बुझाएको छ । नेपालको संविधानले सबै नेपाली नागरिकलाई मतदानका अधिकार दिएको भन्दै नेपाली समाजले ...
। बेलायत सरकारले शरणार्थीसम्बन्धी नीतिमा व्यापक परिवर्तनको घोषणा गरेको छ । यो नयाँ नीति कार्यान्वयनमा आउँदा शरणार्थी भएर बेलायतको पीआर लिन २० वर्ष लाग्नेछ । बेलायतको नयाँ नीतिले नेपालीहरु पनि प्रभावित हुने जानकारहरु बताउँछन् । बेलायतमा शरण दाबी गर्ने आप्रवासीहरुको संख्या अत्याधिक बढिरहँदा सरकार नयाँ नीति ल्याउने अवस्थामा पुगेको हो । बेलायतको ‘पपुलिष्ट’ पार्टी रिफर्म यूकेका ...