मुख्य समाचार
पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक झडप, तीन प्रहरीको मृत्यु
पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक झडप, तीन प्रहरीको मृत्यु

। पाकिस्तान प्रशासित कश्मीर (पीएके) मा बुधबार भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । चम्याती क्षेत्रमा भएको झडपमा तीन जना प्रहरीको ज्यान गएको छ भने करिब १५० जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ ।

पीएकेका प्रधानमन्त्री चौधरी अनवारुल हक र संघीय मन्त्री तारिक फजल चौधरीले संयुक्त पत्रकार सम्मेलन गर्दै घटनाको पुष्टि गरेका छन् । प्रधानमन्त्री हकले हिंसाबाट कुनै उद्देश्य हासिल गर्न नसकिने बताउँदै संघर्षहरूको समाधान सधैं वार्तामार्फत खोजिनुपर्ने धारणा राखेका छन् ।

संघीय मन्त्री चौधरीले भने पाकिस्तानका प्रधानमन्त्रीले आफूलाई समितिका नेताहरूसँग छलफल गरी समाधान निकाल्ने जिम्मेवारी दिएको जानकारी दिएका छन्। उनका अनुसार समितिको ९० प्रतिशत माग पूरा भइसकेको छ र बाँकी विषयमा पनि छलफल गर्न तयार रहेको बताए ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पीएकेमा बिग्रिँदो परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको पारदर्शी छानबिन गर्न आदेश दिएका छन्। उनले अधिकारीहरूलाई विरोध प्रदर्शनबाट प्रभावित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन पनि दिएका छन् ।

उनले भने, ‘शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु प्रत्येक नागरिकको संवैधानिक र लोकतान्त्रिक अधिकार हो तर प्रदर्शनकारीले सार्वजनिक व्यवस्था अव्यवस्थित हुने कार्यबाट बच्नुपर्छ ।’

प्रदर्शनकारीहरूले जम्मु कश्मीर पब्लिक एक्शन कमिटी (पीएसी) मार्फत सरकारसँग प्रशासनिक अधिकारी र राजनीतिक नेताहरूका विशेषाधिकार समाप्त गर्ने, पाकिस्तानमा रहेका शरणार्थीका लागि १२ विधानसभा सिटको व्यवस्था, निःशुल्क स्वास्थ्य सुविधा, पोशाक र शिक्षा, अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना, कोटा प्रणालीको अन्त्य र न्यायिक प्रणालीमा सुधार जस्ता मागहरू राखेका छन् ।

हालै सरकार र पीएसीबीच भएको वार्ता असफल भएपछि विरोध प्रदर्शन अझ चर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप