मुख्य समाचार
अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न आग्रह
अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न आग्रह

। राष्ट्रिय विपद्‌‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न भनेको छ । उच्च सतर्कताका लागि अनुरोध गर्र्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको संभावनो छ ।

नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको छ ।

विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको संभावना उच्च छ ।

यसकारण सतर्कता अपनाउन र पूर्वतयारी तथा पूर्वकार्य गर्न भनेर प्राधिकरणले अनुरोध गरेको हो ।

यतिबेला दशैंको माहोल पनि भएकोले प्राधिकरणले सात बुँदे अनुरोध गरेको छ ।

१. अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्ने ।

२. सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने ।

३. पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउने ।

४. डुबान हुने बस्तीका बासिन्दाहरुले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने ।

५. तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।

६. जोखिमयुक्त राजमार्ग र सडकहरूमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राखे ।

७. पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महिला प्रधानमन्त्री भएता पनि मन्त्रिपरिषद्मा अन्य महिला अटाउन नसकेको टिप्पणी गरेका छन् । दशैं, दिपावली, छठ पर्वको अवसरमा रौतहटको गरूडा नगरपालिकाको जयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महिला प्रधानमन्त्री हुँदा पनि मन्त्रीमा पुरुष मात्रै किन भनेर प्रश्न गरेका हुन् । ‘महिला प्रधानमन्त्रीले एक जनापनि महिलालाई मन्त्री बनाउन ...
। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिशोधको राजनीति हावी भए परिस्थिति अझ जटिल बन्ने चेतावनी दिएका छन् । ‘नेपालमा जेन्जी आन्दोलनको नाममा जे भइरहेको छ, त्यसको निष्पक्ष र स्वतन्त्र छानबिन त हुनैपर्छ’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘छानबिनको नाममा यदि प्रतिशोधको राजनीति हावी भयो भने, सशक्त प्रतिवाद हुनेछ, परिस्थिति अझ जटिल बन्नेछ ।’ थाइल्याण्डमा थाक्सिन सिनवात्रामाथि ...
। दशैंको अवधिमा मानव अधिकार आयोगमा एउटा मात्र उजुरी परेको छ । राष्ट्रिय मानव अधिकार आयोगले जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लंघन भएको एउटा घटनाको उजुरी प्राप्त भएको जनाएको छ । त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिएका छन् । सार्वजनिक बिदा तथा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि ...
। ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र ठाउँ चोभार गल्छीको आज स्थलगत निरीक्षण गरेको छ । स्थलगत निरीक्षणपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताए । जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाडौं उपत्यकामा समेत भारी वर्षाको प्रक्षेपण गरेकाले प्रमुख जिल्ला अधिकारी ...
। चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूले नागरिकलाई रातिमा यात्रा नगर्न अनुरोध गर्दै सूचना निकालेका छन् । सूचनामा उल्लेख भएअनुसार पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढु‌ङ्गा एवं नारायणगढ मुग्लिन सडकको विभिन्न स्थानहरुमा निरन्तर पहिरो गई समय–समयमा सवारी आवागमन अवरुद्ध हुँदै आइरहेको छ । तीनवटै जिल्लाको संयुक्त पहल एवं समन्वयमा पहिरो हटाई सवारी आवागमन सुचारु गरिएको ...