मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएकाहरुको बुद्धि नपुगेकै कारण जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताए
प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएकाहरुको बुद्धि नपुगेकै कारण जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताए

। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएकाहरुको बुद्धि नपुगेकै कारण जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएकी छन् ।

विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन् । जेनजी युवा आन्दोलनमा ‘नहुनुपर्ने घटना भएको’ भन्दै उनले आन्दोलनका क्रममा निधन भएकाहरुको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सरकारले सोचेको बताइन् ।

राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि उनीहरुका परिवारलाई मद्दत गर्ने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता जनाइन् ।

‘दु:खद् घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जसकारण यो दुर्घटना भयो,’ शहीद परिवारहरुसँगको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘बच्चाहरुले पढ्ने कसरी ? उहाँहरुको पढाइ, कामहरु दिनेगरी सोचिरहेका छौँ । उहाँहरुको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो ।’

प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि गएका थिए । उनले प्रधानमन्त्रीको चाहनाअनुसार दशैंको टीका नलगाएको र शहीद परिवारसँग समय बिताएको बताए । उनले शहीदहरुको बगाएको रगतमाथि अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए ।

गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी युवा आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौँ मानिस घाइते भएका छन् ।

देश अहिले पनि पीडामा रहेको भन्दै प्रधानमन्त्री कार्कीले यस वर्ष टीका लगाइनन् र अरुलाई पनि लगाइदिइनन् । यस वर्ष राष्ट्रपति रामचन्द्र पौडेलले आफूले टीका लगाए पनि अरुलाई लगाइदिएनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महिला प्रधानमन्त्री भएता पनि मन्त्रिपरिषद्मा अन्य महिला अटाउन नसकेको टिप्पणी गरेका छन् । दशैं, दिपावली, छठ पर्वको अवसरमा रौतहटको गरूडा नगरपालिकाको जयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महिला प्रधानमन्त्री हुँदा पनि मन्त्रीमा पुरुष मात्रै किन भनेर प्रश्न गरेका हुन् । ‘महिला प्रधानमन्त्रीले एक जनापनि महिलालाई मन्त्री बनाउन ...
। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिशोधको राजनीति हावी भए परिस्थिति अझ जटिल बन्ने चेतावनी दिएका छन् । ‘नेपालमा जेन्जी आन्दोलनको नाममा जे भइरहेको छ, त्यसको निष्पक्ष र स्वतन्त्र छानबिन त हुनैपर्छ’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘छानबिनको नाममा यदि प्रतिशोधको राजनीति हावी भयो भने, सशक्त प्रतिवाद हुनेछ, परिस्थिति अझ जटिल बन्नेछ ।’ थाइल्याण्डमा थाक्सिन सिनवात्रामाथि ...
। दशैंको अवधिमा मानव अधिकार आयोगमा एउटा मात्र उजुरी परेको छ । राष्ट्रिय मानव अधिकार आयोगले जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लंघन भएको एउटा घटनाको उजुरी प्राप्त भएको जनाएको छ । त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिएका छन् । सार्वजनिक बिदा तथा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि ...
। ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र ठाउँ चोभार गल्छीको आज स्थलगत निरीक्षण गरेको छ । स्थलगत निरीक्षणपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताए । जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाडौं उपत्यकामा समेत भारी वर्षाको प्रक्षेपण गरेकाले प्रमुख जिल्ला अधिकारी ...
। चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूले नागरिकलाई रातिमा यात्रा नगर्न अनुरोध गर्दै सूचना निकालेका छन् । सूचनामा उल्लेख भएअनुसार पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढु‌ङ्गा एवं नारायणगढ मुग्लिन सडकको विभिन्न स्थानहरुमा निरन्तर पहिरो गई समय–समयमा सवारी आवागमन अवरुद्ध हुँदै आइरहेको छ । तीनवटै जिल्लाको संयुक्त पहल एवं समन्वयमा पहिरो हटाई सवारी आवागमन सुचारु गरिएको ...