मुख्य समाचार
३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको कार्यान्वयन
३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको कार्यान्वयन

। ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको कार्यान्वयन अगाडि बढेको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।

यो आयोजना रुरु जलविद्युत परियोजनाले बनाउने तयारी छ । सुरुमा यो आयोजना सिचुआन वाङपिङ इनर्जी साइन्स एन्ड टेक्नोलोजीले पहिचान गरेको थियो । आयोजनाको अध्ययन पनि सोही कम्पनीले गरेको हो । पछि रुरु जलविद्युत परियोजनाका नाममा हस्तान्तरण गरियो ।

यो आयोजना हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा रहेको छ । हुम्ला कर्णाली २ जलविद्युत आयोजना नदीको बहावमा आधारित जलविद्युत आयोजना हो ।

बाह्रैमास हिम नदी बग्ने हुम्ला कर्णाली नदीमा आयोजना बनाउन लागिएको छ । यो कर्णाली नदी बेसिनको प्रमुख नदी मानिन्छ । आयोजनाको लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ७६ लाख रुपैयाँ हुने अनुमान छ ।

प्रतिवेदन अनुसार यस आयोजनामा दुई वटा डाइभर्सन सुरुङ बन्नेछन् । नदीको पिँधबाट ६२ मिटर अग्लो बाँध बनाइने छ । यो आयोजनाको कार्यान्वयनका लागि कुल ६१.०२ हेक्टर जमिन चाहिने अनुमान गरिएको छ । यसमध्ये निजी १३.९ हेक्टर जमिन पर्ने छ । बाँकी सरकारी/वन जग्गा रहेको छ ।

आयोजनाका कारण ५६ घरधुरी प्रभावित हुने छन् । यो आयोजना सन् २०२६ मा सुरु भई २०३१ सम्म सकिने अनुमान छ ।

आयोजना निर्माणका चरणमा औसत् १ हजार ८०५ जनशक्ति प्रतिवर्षले रोजगारी पाउने अनुमान छ । आयोजना सञ्चालनका चरणमा भने ११५ जनाले स्थायी रोजगारी पाउने प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सस्थागत गर्न र सङ्गठित भएर अघि बढ्न जेनजी समुहबीच सहमति हुने भएको छ । आन्दोलनपश्चात् एक हुन नसकेर विभिन्न समूहका नाममा छरिएका जेनजी समूह तीन मुद्दालाई लिएर एक हुने भएका हुन् । शहीद परिवार र घाइतेलाई उचित सम्बोधन गरिनुपर्ने, भ्रष्टाचारविरुद्ध अभियान जारी रहने र आगामी निर्वाचन सफल बनाउन ...
। महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । काठमाडौं–खैरमारा चल्ने बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरी घटनास्थलमा ...
। राष्ट्रिय मानव अधिकार आयोगले बाल विवाहले मानव अधिकारमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझका लागि प्रतिवेदन तथा अन्य दस्तावेज पेश गर्न आह्वान गरेको छ । आयोगले बाल विवाहले मानव अधिकारमा पारेको प्रभाव सम्बन्धमा राष्ट्रिय जाँचबुझ गर्न लागेको छ । यो अनुसन्धानमुलक जाँचबुझले शिक्षा, स्वास्थ्य, हिंसाबाट सुरक्षा तथा समग्र मानव अधिकारमा पारेको प्रभाव लगायतका आधारभूत अधिकारहरूमा बाल ...
। हुम्लामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार सर्केगाड गाउँपालिका–२ उनापानीकी २४ वर्षीया धिक्क फडेराको मृत्यु भएको हो। उनी मंगलबार बेलुकी श्रीमान् अमृत फडेरासँगै गाउँनजिकै धैनसैन भन्ने ठाउँमा घाँस काट्न गएकी थिइन्। श्रीमान् गोरु लगाउन केही टाढा गएका बेला उनी चिप्लिएर भीरबाट खसेकी हुन्। लडेर गम्भीर घाइते भएकी धिक्कलाई श्रीमान् अमृतले घटनास्थलबाट ...
। नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध गरिएको छ। विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले विदेशमा रहेका नेपालीलाई कोषमा सहयोग गर्नु अनुरोध गरेका हुन्। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी संरचनामा आगजनी तथा तोडफोड गरिएको थियो। धेरै सरकारी कार्यालयहरू ...