मुख्य समाचार
म्यानचेस्टर सिटीमा मानिसहरुको भिडमा कारले ठक्कर दिँदा दुई जनाको मृत्यु
म्यानचेस्टर सिटीमा मानिसहरुको भिडमा कारले ठक्कर दिँदा दुई जनाको मृत्यु

। उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर सिटीमा मानिसहरुको भिडमा कारले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते छन् ।

यहुदीहरूको प्रार्थनास्थलबाहिर मानिसहरूको भिडमा कार ठोक्काइएको थियो । त्यसपछि एक जनामाथि छुरा पनि प्रहार भएको म्यानचेस्टर प्रहरीले जनाएको छ । प्रहरीले यो घटनामा संलग्न एक संदिग्ध व्यक्तिलाई गोली हानेर मारेको छ भने दुई जनालाई पक्राउ गरेको छ ।

यहुदीहरूको पवित्र योम किपूरका दिन भएको यो घटनालाई म्यानचेष्टर प्रहरीले ‘आतंकवादी आक्रमण’को संज्ञा दिएको छ ।

बेलायती प्रधानमन्त्री कियर स्टार्मरले पनि म्यानचेस्टरमा भएको घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएका छन् ।

ब्रिटिश प्रधानमन्त्री सर केअर स्टार्मर यो घटनापछि डेनमार्क भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् र आफ्नै नेतृत्वमा आपतकालीन बैठक बोलाएका छन् । उनले घटनाबारे जानकारी लिँदै अनुसन्धान तीव्र पार्न र दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । साथै सबै यहुदी प्रार्थनास्थलहरुमा सुरक्षा प्रबन्ध थप चुस्त बनाउन निर्देशन दिएका छन् ।

को हुन् मानिसको भिडमा कार ठोक्काउने व्यक्ति ?

बिहीबार म्यानचेस्टरको एउटा यहूदी प्रार्थनास्थलमा आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले ‘जिहाद अल–शामी’ भनेर नाम दिएको छ ।

सिरियाली मूलका ३५ वर्षीय बेलायती पुरुष अल–शामीले हिटन पार्क हिब्रु मण्डली प्रार्थनास्थल बाहिर मानिसहरुको भिडमा कार ठोक्काएका थिए । त्यसपछि चक्कुले आक्रमण समेत गरेका थिए ।

उनलाई प्रहरीले घटनास्थलमै गोली हानी मारेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम