मुख्य समाचार
दुई महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १४२ जनाको शव नेपाल ल्याइएको छ
दुई महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १४२ जनाको शव नेपाल ल्याइएको छ

। गुजारा नचलेपछि परिवारको छाक टार्ने सपना लिएर दैनिक सरसर २५ सय नेपालीले नेपाली भूइँ छोड्छन्।

आफू जन्मेको भूमि, परिवार र साथीभाइ भन्दा सयौं किलोमिटर पर वैदेशिक रोजगारमा गएका उनीहरुका मनभरि अनेक सपना साँचिएका हुन्छन्। तर, थुप्रैका सपना परदेशमै टुट्छन्।

किनभने, साहुको रिन तिर्ने, जमिन जोड्ने अनि घर छाउने सपना पूरा गर्न केही लाख रुपैयाँ र झोलाभरि छोराछोरीलाई नाना लिएर फर्कने रहरसहित ती युवा बाकसमा कैद भएका हुन्छन्।

अर्थात, परिवारको आश उनीहरु लाश बनेर फर्किएका हुन्छ। परदेशमै प्राण त्यागेका उनीहरु शव भने नेपाल आइपुग्छ। यो तथ्यांक बढिरहेकै छ।

पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १४२ जनाको शव नेपाल ल्याइएको छ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउन र भदौमा १४२ जना नेपालीको शव नेपाल ल्याइएको हो। जसमा साउनमा ४३ जना र भदौमा ९९ जनाको शव नेपाल ल्याइएको थियो।

बोर्डको खर्चमा भने ८३ जनाको शव विदेशबाटै नेपालसम्म ल्याइएको थियो भने बाकी शवहरू सम्बन्धित कम्पनी तथा अन्य निकायको आर्थिक सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याएको थियो।

बोर्डले साउनमा ३९ जना र भदौंमा ४४ जनाको शव झिकाइको थियो। बोर्डले विदेशमा मृत्यु भएका कामदारको शव घरसम्म नि:शुल्क रूपमा पुर्‍याउँदै आएको छ।

कम्पनीले शव नेपाल पठाउन आर्थिक सहयोग गरेको खण्डमा बोर्डले नै शव घरसम्म पुर्‍याउने व्यवस्था गर्दै आएको छ।

गत आर्थिक वर्ष २०८१/०८२ मा एक हजार ८६ जनाको शव ढुवानी गरिएको थियो भने ४८१ जनाको शव विदेशबाट झिकाइएको थियो।

दुई महिनामा २६८ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको थियो। जसमा साउनमा १४२ र भदौमा १२६ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको बोर्डले जनाएको छ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर मृत्यु भएका नेपाली कामदारको शव विदेशबाट झिकाउने र एयरपोर्टबाट घरसम्म नि:शुल्क रूपमा ढुवानी बोर्डले नै गर्दै आएको छ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको परिवारलाई बोर्डले १० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

त्यस्तै, अंगभंग तथा विरामी भएका श्रमिकको हकमा ७ लाखसम्मको उपचार खर्च प्रदान गर्दै आएको छ। विरामी भएको व्यक्ति नेपालमा उपचार गरेको हुनुपर्ने सर्त तोकिएको छ।

त्यस्तै, श्रमिकका परिवारलाई ५० हजार रूपैयाँ स्वास्थ्य उपचार सहयोगवापत प्रदान गर्दै आएको छ भने मृतक तथा पूर्ण अशक्त भएका कामदारको सन्तानलाई आधारभूत तहसम्मको लागि १२ हजार र माध्यमिक तहसम्मको अध्ययनका लागि १६ हजार रूपैयाँ छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ।

आर्थिक सहायताको लागि मृत्यु वा अंगभंग भएको १ वर्षभित्र निवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ। पेश गरिने कागजातहरू आधिकारिक निकायबाट प्रमाणित भएको हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । ३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए । फर्ममा आवश्यक ...
। कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता अपनाएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले इबोला प्रकोप देखिएको भन्दै विश्व स्वाथ्य संकट घोषण गरेसँगै उच्च सतर्कता अपनाइएको नेपाली सेनाले बताएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उच्च सतकर्ता अपनाउँदै डब्लूएचओ तोकेअनुसारको स्वास्थ मापदण्ड लागु गरी काम गरिएको बताएका छन् ...
। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ७० नेपाली ड्राइभरहरू काम नपाएर झन्डै चार महिनादेखि अलपत्र परेका छन् । काठमाडौं महानगरपालिका–४ चण्डोलमा रहेको अल शाहिद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन् । उक्त ओभरसिजले साउदीमा अनुभव भएका ५० जना र नेपाली लाइसेन्स भएका १५० जना चालकको माग ल्याएको थियो । कामदारसँग ‘करारनामा’ पत्र साउदीको मेहन ह्युमन ...
— कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन् । उनीहरु तलबका लागि नेपाली दूतावासदेखि स्थानीय श्रम कार्यालयमा धाइरहेका छन् । एकल स्वामित्वमा रहेको कतारी कम्पनी इन्टरटेक्ट्रा कतार डब्लु एलएलले ८ महिनाको तलब, भत्ता, ओभरटाइम, उपदान र खाना बापतको रकम नदिएको उनीहरुले बताएका छन् । त्यस कम्पनीमा ...
: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’ मा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६१६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी ...