मुख्य समाचार
नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध
नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध

। नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध गरिएको छ।

विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले विदेशमा रहेका नेपालीलाई कोषमा सहयोग गर्नु अनुरोध गरेका हुन्।




२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी संरचनामा आगजनी तथा तोडफोड गरिएको थियो। धेरै सरकारी कार्यालयहरू जलेर पुर्णरूपमा ध्वस्त बनेका छन्।

भौतिक पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण गर्न ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेको थियो। सोही अनुसार पुनर्निर्माणका लागि सरकारले पुनर्निर्माण कोष खडा गरेको थियो।



अर्थ मन्त्रालयले भौतिक क्षतिको पुनर्निर्माण गर्न उक्त कोषमा सहयोग गर्न स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई अनुरोध गरिएको थियो। सोही अनुसार विदेशस्थित नेपाली नियोग तथा दूतावासहरूले कोषमा सहयोग गर्न नेपालीहरूलाई अनुरोध गरेका हुन्।

कतारस्थित नेपाली राजदूतावासले एक सुचना जारी गर्दै कोषमा सहयोग गर्न अनुरोध गरेको छ। जेनजी आन्दोलनका क्रममा देशका अधिकांश स्थानहरूमा क्षति पुगेका र भौतिक पूर्वाधारहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि सरकारले कोष स्थापना गरेको भन्दै त्यसमा सहयोग गर्न अनुरोध गरेको हो।

कतार तथा इरानमा रहेका नेपाली तथा गैर आवासीय नेपालीलाई आफ्नो तर्फबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन अनुरोध गरेको हो।

त्यस्तै कुवेतस्थित नेपाली राजदूतावासले समेत सामाजिक संजाल फेसबुकमार्फत कोषमा सहयोग गर्न अनुरोध गरेको छ।

नेपाली राजदूतावास इजरायलले समेत कोषमा सहयोग गर्न अनुरोध गरेको छ। दूतावासले इजरायल र साइप्रसमा रहेका नेपालीहरूलाई सहयोग गर्न अनुरोध गरेको हो। आफ्नो तर्फबाट सहयोग गरि राष्ट्रको पुनर्निर्माणको महाअभियानमा सहभागी हुन दुतावासको अनुरोध छ।

विदेशमा रहेका नेपालीहरूले समेत कोषमा सहयोगार्थ विभिन्न कार्यक्रमको आयोजना गर्न थालेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मातृभूमि प्रतिको दायित्व र कर्तव्य भएको बताउँदै कोषमा सहयोग गर्न अनुरोध गरेको छ।

अध्यक्ष महेशकुमार श्रेष्ठले एक सूचना जारी गर्दै भूकम्प, बाढी र अन्य संकटका बेला एनआरएनले सहयोग गर्दै आएको जनाउँदै देशलाई संकट परेको बेला सहयोग गर्न अनुरोध गरेका हुन्।

एनआरएनए नेपाल पुनर्निर्माण अभियान’ मार्फत राष्ट्र पुनर्निर्माण, प्रशासनिक सेवा पुनर्स्थापना र सुरक्षा सुनिश्चित गर्नका लागि योगदान गर्न अनुरोध गरिएको हो। हरेक देशमा रहेका एनआरएन समुदायलाई सहयोग गरी यस मिसनलाई सफल बनाउन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको कार्यान्वयन अगाडि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । यो आयोजना रुरु जलविद्युत परियोजनाले बनाउने तयारी छ । सुरुमा यो आयोजना सिचुआन वाङपिङ इनर्जी साइन्स एन्ड टेक्नोलोजीले पहिचान गरेको थियो । आयोजनाको अध्ययन ...
। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सस्थागत गर्न र सङ्गठित भएर अघि बढ्न जेनजी समुहबीच सहमति हुने भएको छ । आन्दोलनपश्चात् एक हुन नसकेर विभिन्न समूहका नाममा छरिएका जेनजी समूह तीन मुद्दालाई लिएर एक हुने भएका हुन् । शहीद परिवार र घाइतेलाई उचित सम्बोधन गरिनुपर्ने, भ्रष्टाचारविरुद्ध अभियान जारी रहने र आगामी निर्वाचन सफल बनाउन ...
। महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । काठमाडौं–खैरमारा चल्ने बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरी घटनास्थलमा ...
। राष्ट्रिय मानव अधिकार आयोगले बाल विवाहले मानव अधिकारमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझका लागि प्रतिवेदन तथा अन्य दस्तावेज पेश गर्न आह्वान गरेको छ । आयोगले बाल विवाहले मानव अधिकारमा पारेको प्रभाव सम्बन्धमा राष्ट्रिय जाँचबुझ गर्न लागेको छ । यो अनुसन्धानमुलक जाँचबुझले शिक्षा, स्वास्थ्य, हिंसाबाट सुरक्षा तथा समग्र मानव अधिकारमा पारेको प्रभाव लगायतका आधारभूत अधिकारहरूमा बाल ...
। हुम्लामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार सर्केगाड गाउँपालिका–२ उनापानीकी २४ वर्षीया धिक्क फडेराको मृत्यु भएको हो। उनी मंगलबार बेलुकी श्रीमान् अमृत फडेरासँगै गाउँनजिकै धैनसैन भन्ने ठाउँमा घाँस काट्न गएकी थिइन्। श्रीमान् गोरु लगाउन केही टाढा गएका बेला उनी चिप्लिएर भीरबाट खसेकी हुन्। लडेर गम्भीर घाइते भएकी धिक्कलाई श्रीमान् अमृतले घटनास्थलबाट ...