मुख्य समाचार
बेलायती प्रधानमन्त्री कियर स्टार्मरले म्यानचेस्टरमा भएको घटनालाई आतंकवादी आक्रमणको संज्ञा
बेलायती प्रधानमन्त्री कियर स्टार्मरले म्यानचेस्टरमा भएको घटनालाई आतंकवादी आक्रमणको संज्ञा

। बेलायती प्रधानमन्त्री कियर स्टार्मरले म्यानचेस्टरमा भएको घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएका छन् ।

बेलायतको म्यानचेस्टरमा एक यहूदी प्रार्थनास्थल नजिक कारले ठक्कर दिई चक्कु प्रहार भएको घटनामा दुई जनाको मृत्यु भएको घटनालाई उनले घृणित काम पनि भनेका हुन् ।

उक्त घटना हुँदा डेनमार्कको राजधानी कोपेनहेगनमा आयोजित एक शिखर सम्मेलनमा सहभागी भइरहेका उनी सम्मेलन बीचमै छाडेर बेलायत फर्किएका छन् । स्टार्मरले बिहीबार साँझ भने, ‘यहूदीहरूलाई लक्षित गरी गरिएको यो एक घृणित आतङ्कवादी आक्रमण हो। उनीहरूलाई केवल यहूदी भएको कारणले निशाना बनाइयो।‘

उनले थपे, ‘यहूदी–विरोधी भावना घृणाकै रूप हो, जुन फेरि बढ्दै गएको छ।‘

यो घटना योम किप्पुरको दिन भएको हो, जसलाई यहूदी पात्रोमा पवित्र दिन मानिन्छ।

स्टार्मरले बेलायतले फेरि एकपटक यहूदी–विरोधी भावनालाई पराजित गर्नुपर्ने समय आएको बताए ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा यहूदी समुदायसँग एक बाचा पनि गरेका छन् । उनले भने, ‘म देशका सबै यहूदीहरूसँग बाचा गर्छु कि तपाईंहरूले पाउनुपर्ने सुरक्षा दिनका लागि म सम्भव सबै प्रयास गर्नेछु।‘

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप