मुख्य समाचार
स्वदेश मात्र होइन, विदेश पनि अहिले दशैं
स्वदेश मात्र होइन, विदेश पनि अहिले दशैं

। स्वदेश मात्र होइन, विदेश पनि अहिले दशैंले गुल्जार बनेको देखिन्छ । दशैंको लागि किनमेल गर्ने, घर सजावट गर्ने र खसी किन्नेजस्ता कार्यमा नेपाली समुदाय यतिबेला उत्साहित देखिन्छ ।

हामीले यो उत्साह पूर्वी अमेरिकी राज्य पेन्सिलभेनियाको ह्यारिसबर्गस्थित लङभ्यूमा देख्यौं । झापाका ओम कोइरालाले टाढासम्म फैलिएको केही बिगाह जमिन लिएरै कृषि उद्यमशिलता चलाइरहेका छन् । त्यहाँभित्र छ- ब्रुक मेडो कृषि फार्म ।

अहिले यो फार्ममा खसी किन्न जाने नेपालीहरूको ठूलै घुइँचो छ । पालो कुरेर खसी किन्न जानेहरू कम्तीमा ४-५ घण्टा पर्खिन्छन् । सप्ताहन्तमा भने एकदिन नै कुरेर किन्नुपर्ने स्थिती छ । यसो हुनुमा मुख्य कारण- अमेरिकामा खसी काट्न लाइसेन्स अनिवार्य भएर हो ।

खसी काटेर घर लैजानको लागि नेपाली समुदाय घण्टौं कुर्छन् । सोह्रश्राद्ध सकिएर दशैं सुरु भएपछि अहिले लङभ्यूस्थित कोइरालाको यो फार्ममा घुइँचो छ । खसी किन्न पेन्सिलभेनियासहित छिमेकी राज्यहरू मेरिल्याण्ड, डीसी, भर्जिनिया, न्यूयोर्क, न्यू ह्याम्सायर, नर्थ क्यारोलिनाबाट नेपाली त्यहाँ पुगिरहेका छन् ।

कलाकार पूजा चन्द, मुकेश आचार्य, समाजसेवी तरुण पौडेल, फिल्म निर्देशक गोपालचन्द्र लामिछाने, पर्वत समाजका महासचिव शिवलाल पुरी र इनास मेरिल्याण्डकी अध्यक्ष शान्ति भण्डारीलगायतका चर्चित अनुहार पनि उक्त फार्ममा खसी किन्न पुगेको देखिए । ‘अन्यत्र भन्दा यहाँ सस्तो र राम्रो खसी पाइने भएकाले हामी यहाँसम्म आइपुगेका हौं’ बाल्टिमोरबाट त्यहाँ पुगेका लामिछानेले भने, ‘दशैंको माहोल यो फार्ममा देखिएको छ । किनभने, दशैं भन्ने वित्तिकै त्यहाँको खसीको मासु पनि जोडिएर आउँछ ।’

एउटा खसीको मूल्य झण्डै ५०० अमेरिकी डलरसम्म पर्न आउँछ । तौल हेरेर मूल्य थपघट हुनसक्छ । संचालक कोइरालाले यो दशैंमा मात्र ७ हजार ५०० वटा खसी बिक्री हुने बताए ।

‘पहिला भन्दा यसवर्ष ग्राहकको संख्या बढेको छ । कतिपयले टाढाबाट अर्डर पनि गर्नुहुन्छ । डेलिभरी पनि गर्ने गरेका छौं’ संचालक कोइरालाले भने, ‘दशैं भएकाले सबै नेपाली नै आउनुहुन्छ । आफै खसी हेर्न र भिजिटको लागि आइरहनुभएको छ ।’

सन् २०२५ को सेप्टेम्बरसम्म मात्र यो आफूले १२ हजारभन्दा धेरै खसी बेचेर ५ मिलियन डलरभन्दा धेरै आम्दानी गरेको उनी बताउँछन् । कोइरालाले अहिले झण्डै ३० जनालाई रोजगारी दिएका छन् । काम गर्नेहरू पनि नेपाली छन् ।



टेक्सासका ३ सहित विसकन्सिन र मिजौरीका कूल ५ फार्मबाट यहाँ खसी ल्याइन्छ । त्यहाँका कृषकसँग वार्षिकरुपमा सम्झौता गरेर खुसी ल्याउने गरिएको छ । ‘हामीले उहाँहरूलाई पाल्न लगाएका छौं । वर्षभरिको क्यालेन्डरअनुसार नै हामीले माग्छौं’ उनी भन्छन्, ‘बिक्री नभएपनि हामीले खसी ल्याउनैपर्छ ।’

यहाँ मात्र होइन, पेन्सिलभेनिया र मेरिल्याण्डमा पनि दशैंको माहोलमा खसी बिक्री पनि भैरहेको देखिन्छ । कामकाजी र फुर्सद नहुने कतिपय नेपालीले स्टोरबाटै खसीको मासु किन्ने गरेका छन् ।

अमेरिकामा बसोबास गर्ने नेपालीमा दशैंको बेग्लै माहोल देखिन्छ । कतिपय दशैं मनाउन स्वदेश फर्किएका छन् भने कोही यतै मनाउने तयारीमा छन् । नेपाली बहुल मेरिल्याण्ड राज्यले त आफ्नो राज्यभित्र प्रत्येक वर्षको ५ अक्टोबरलाई ‘दशैं डे’को सरकारी मान्यता दिएको छ ।

उक्त दिनमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिकासहितका संघसंस्थाले हिन्दु बुद्ध मन्दिरमा ‘दशैं डे फेस्टिभल’ नै आयोजना गरेका छन् । अन्य अमेरिकी राज्यभन्दा यसपटक मेरिल्याण्डमा दशैंको विशेष तयारी देखिन्छ र यसको लागि नेपालीले पनि साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...
— रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए । भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन ...
— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पक्राउ गरेको हो । बीआईले उनको फोटोसहितको विवरण वेबसाइटमा सार्वजनिक गरेको छ । जिल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम