मुख्य समाचार
विश्वचर्चित फिल्म ‘साम्बाला’लाई अब कतार एयरवेजका यात्रुले उडानमा हेर्न पाउने
विश्वचर्चित फिल्म ‘साम्बाला’लाई अब कतार एयरवेजका यात्रुले उडानमा हेर्न पाउने

। मीनबहादुर भाम निर्देशित विश्वचर्चित फिल्म ‘साम्बाला’लाई अब कतार एयरवेजका यात्रुले उडानमा हेर्न पाउने भएका छन् ।

यो फिल्म एयरवेजको ‘वर्ल्ड सिनेमा’ खण्डमा हेर्न सकिने जनाइएको छ ।

निर्देशक भामले यसबारे जानकारी दिँदै खुसी व्यक्त गरे । थिन्ले ल्हामो, सोनम तोप्देन स्टारर यो फिल्म प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो ।

कतार एयरवेजले हलिउड, बलिउड, विश्व सिनेमा र अरबिक फिल्म खण्डमा फिल्म स्क्रिनिङ गर्दै आएको छ ।

दुईवर्षअघि हलमा रिलिज भएको यो फिल्मले विश्वब्यापी चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...
। प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन् । बालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको ग्राफिक्स तस्वीर सामाजिक संजालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । लेख्छन्- हलमा दोस्रो हप्तामा लाग्दैछ है । अविनाशविक्रम ...
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम