मुख्य समाचार
काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह
काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह

— काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ ।


डेङ्गी रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम जोडतोडका साथ भइरहेको महानगरपालिकाले स्पष्ट गरेको छ ।

महानगरपालिकाले मातहतका सबै वडा र समुदायस्तरमा सञ्चालित लामखुट्टे तथा लार्भा नष्ट गर्ने काममा सम्बद्ध स्वास्थ्यकर्मी र महिला स्वयमसेविकासहित स्थानीयसवासीको समेत सहभागिता रहेको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल पर्सन’ ऋषिप्रसाद भुषालले जानकारी दिए ।

उनका अनुसार गत वर्षहरूका सङ्क्रमणको विश्लेषणका आधारमा डेङ्गीको सङ्क्रमण दर घटबढ हुने गरेको अवस्थालाई दृष्टिगत गरी नगरवासीको मृत्युदर न्यूनीकरण तथा नियन्त्रणका पक्षमा अधिकतम प्रयास भइरहेको छ ।

महानगरमा पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा एक जना महिलामा यो सङ्क्रमण देखिएको थियो । सामान्यतया बर्खायाममा देखिने यो रोगको सङ्क्रमण दर भदौ, असोज र कात्तिक महिनामा बढी देखिने गरेको महानगरले जनाएको छ ।

डेङ्गी सङ्क्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ । नेपालमा २०६१ सालदेखि डेङ्गीको समस्या देखिन थालेको हो । महानगरभित्र सन् २०२२ मा दुई हजार नौ सय ७३ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । यस्तै सन् २०२३ मा ६४३ जनामा, २०२४ मा दुई हजार ८४ जनामा र यस वर्षको पुसदेखि अहिलेसम्म २४८ जनामा डेङ्गी सङ्क्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।

पानी जम्ने सडक तथा सडकपेटीका खाल्टाखुल्टी, करेसाबारीमा राखिने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायतका स्थानमा लामखुट्टेको बासस्थान हुने भएकाले त्यसतर्फ सावधानी अपनाइ डेङ्गी सङ्क्रमणबाट जोगिन सबैसँग अनुरोध गरिएको छ ।

आम नागरिकका स्वास्थ्यसम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि काठमाडौँ महानगरपालिकाले ११८० नम्बरको टेलिफोन निःशुल्करुपमा सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘जनसंहार’ शब्दमा अल्झियो सरकार-जेनजी वार्ता
चमत्कारिक ओभरहेड किकले रोनाल्डो चर्चामा
। अध्यागमन विभागमा एउटा सूचना आयो– चिनियाँको एक समूहले काठमाडौंमा भिसा विपरीतको काम गर्दै आएको छ । सूचनालाई थप भेरिफाइ गरेपछि उक्त चिनियाँ समूहलाईलाई अध्यागमन विभागले लोकेट गर्‍यो । सोह्रखुट्टे भन्दा केही पर म्हैपीको एक घरमा उनीहरूको बसेको अध्यागमनले पत्ता लगायो । अध्यागमनको टोलीले २८ आसोजमा उक्त घरमा खानतलासी गर्न पुग्यो । प्रहरी समेत लिएर गएको अध्यागमन ...
रुस-युक्रेन युद्धमा नयाँ वार्ताका लागि संयुक्त राज्य अमेरिका, युक्रेन र यसका युरोपेली सहयोगीहरूका प्रतिनिधिमण्डल आइतबार जेनेभामा भेट्ने
— मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले आइतबारदेखि गर्ने भनिएको हड्तालका कार्यक्रम फिर्ता लिएको छ । सरकार र महाभियानका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको वार्तामा महाभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति बनेको हो । 'वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा ...