मुख्य समाचार
युएईस्थित नेपाली दूतावासले कम्पनी छोडेर भागेको नेपाली कामदारमाथि 'फरार मुद्दा' लाग्ने बताएको छ
युएईस्थित नेपाली दूतावासले कम्पनी छोडेर भागेको नेपाली कामदारमाथि 'फरार मुद्दा' लाग्ने बताएको छ

: युएईस्थित नेपाली दूतावासले कम्पनी छोडेर भागेको नेपाली कामदारमाथि 'फरार मुद्दा' लाग्ने बताएको छ। बुधबार विज्ञप्ति जारी गरेर दूतावासले श्रम कानुनअनुसार कामदारमाथि 'फरार मुद्दा' लाग्ने स्पष्ट पारेको हो।

'उक्त फरार मुद्दा नहटाएसम्म नेपाल फर्कन सम्भव नहुने र त्यसको कुनै निर्धारित समय तोकिएको छैन। यो व्यक्तिको मुद्दाअनुसार फरक-फरक हुन्छ। एक हप्तादेखि पन्ध्रदिनसम्म र विशेष मुद्दामा एक महिनाभन्दा बढीसम्म लाग्ने अवस्था हुन्छ। कम्पनीको भिसा 'एक्टिभ' रहुन्जेलसम्म कुनै पनि व्यक्ति नेपाल फर्कन सक्दैन। दूतावासबाट ट्राभल डकुमेन्ट जारी गरिसकेपछि 'आउटपास' लिन सम्बन्धित व्यक्ति अध्यागमन कार्यालय गइ नियमानुसार लाग्ने शुल्क तिरेर प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ,' दूतावासले भनेको छ।

दूतावासले कृष्णबहादुर विक कम्पनीको सम्झौता बमोजिमको सेवासुविधा नपाएको सम्बन्धमा मिति २०८२/०६/०२ गते निवेदन दिन आएको जनाएको छ। त्यसपछि उनको समस्या सम्बोधन गर्न दूतावासका श्रम सहचारी पंकज लाभ कर्णले विकको कम्पनीमा तत्काल फोन गरी सम्झौता बमोजिम सुविधा उपलब्ध गराइदिन अनुरोध गरेको तर सेवाग्राहीले उक्त कम्पनीमा काम नगरी आफू जसरी पनि नेपाल जाने कुरा बताएको दूतावासले उल्लेख गरेको छ।


'त्यसपछि श्रम सहचारीले कम्पनीलाई निजको राहदानी उपलब्ध गराइ नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा कम्पनीले निजको 'भिसा क्यान्सलेसन प्रोसेस' र राहदानी लिन कम्पनीमा बोलाउँदा निज सेवाग्राही जान इन्कार गरेको हुँदा निजलाई दूतावासमै लिन आउन अनुरोध गरेको तर कम्पनीको गाडी लिन आउँदा निज सेवाग्राही दूतावास परिसरबाट बाहिर निस्केको,' दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरुको उद्धार गरी थाइल्यान्ड पुर्‍याएर बुधबार नेपाल फर्काइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बिहीबार नेपाल एयरलाइन्समार्फत् फर्काइएको छ । यस्तै अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको ...
— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास ...
: भारतको गृह मन्त्रालयले नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव नराखेको स्पष्ट पारेको छ। एयर इन्डियाको विमानबाट दिल्ली हुँदै जर्मनी जान लागेकी एक नेपाली नागरिकलाई अध्यागमन अधिकारीहरूले अपमान गरेको आरोप लगाएपछि गृह मन्त्रालयले प्रस्टीकरण दिएको हो। गृह मन्त्रालयले उक्त घटनालाई नेपाली नागरिकहरूप्रति पक्षपात वा भेदभाव गरेको भनेर गलत तरिकाले प्रस्तुत गरिएको उल्लेख गरेको छ। 'यस ...
। नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् ...
। रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् । ‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् । आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी ...