मुख्य समाचार
मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अलर्ट जारी
मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अलर्ट जारी

: जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अलर्ट जारी गरेको छ। विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

प्राधिकरणले पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहन निर्देशन दिएको छ ।

विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको संभावना उच्च रहेको छ। नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको छ ।


प्राधिकरणले जोखिमयुक्त राजमार्ग र सडकहरुमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राख्न आग्रह गरेको छ।

दशैंको माहोल पनि भएकोले प्राधिकरणले यी कार्य गर्न/गराउन अनुरोध गरेको छ :

असोज १७ गतेदेखि २० गतेसम्म अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्ने ।
सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउने ।
पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा उच्च सतर्कता अपनाउने ।
डुबान हुने बस्तीका बासिन्दाहरुले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने ।
तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
जोखिमयुक्त राजमार्ग र सडकहरुमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरु तयारी अवस्थामा राख्ने।
पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— झापाको बिर्तामोड नगरपालिका–६ गिरि बन्धु टी–स्टेट अगाडि पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहान करिब ९:३० बजेको समयमा विराटनगरबाट काँकडभिट्टा तर्फ जाँदै गरेको सगरमाथा यातायातको बस (प्र १–०१–००१ ख ४४५९) अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना ...
: बारामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्नुका साथै कपाल काटेर अमानवीय व्यवहार गरिएको घटना प्रकाशमा आएको छ। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ८ मझरीयाकी ३३ वर्षीया सुरुजकली देवीलाई गाउँकै केही व्यक्तिहरूले बोक्सीको आरोप लगाउँदै असोज ११ गते कुटपिट गर्नुका साथै कपाल काटेर अमानवीय व्यवहार गरेको घटना प्रकाशमा आएको हो। पीडितले जिल्ला प्रहरी कार्यालय बारामा दिएको ...
— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ। प्राधिकरणले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैलाई उच्च ...
— लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो १४ सदस्यीय सचिवालयबाट ६ जनालाई हटाएका छन् । उनले सचिवालयका ४ विज्ञ र २ सल्लाहकारसहित ६ जनालाई हटाएका हुन् । केन्द्रीय अर्थ मन्त्रालयले फजुल खर्च रोक्न आवश्यकता भन्दा बढी विज्ञ, सल्लाहकार र संयोजक नराख्ने निर्णय गरेको थियो । प्रदेशमा पनि मुख्यमन्त्री सचिवालयमा विज्ञ र सल्लाहकारको जम्बो टोली बनाइएको भन्दै आलोचना ...
: अर्थ मन्त्रालयले नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने जनाएको छ। मन्त्रालयले भन्सार घोषणा बिना ५ हजारभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक रहेको जनाएको छ। यसैगरी अर्थ मन्त्रालयले अधिकतम अमेरिकी डलर १,५०० विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने समेत जनाएको छ। ‘नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ...