मुख्य समाचार
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो १४ सदस्यीय सचिवालयबाट ६ जनालाई हटाए
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो १४ सदस्यीय सचिवालयबाट ६ जनालाई हटाए

— लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो १४ सदस्यीय सचिवालयबाट ६ जनालाई हटाएका छन् । उनले सचिवालयका ४ विज्ञ र २ सल्लाहकारसहित ६ जनालाई हटाएका हुन् ।


केन्द्रीय अर्थ मन्त्रालयले फजुल खर्च रोक्न आवश्यकता भन्दा बढी विज्ञ, सल्लाहकार र संयोजक नराख्ने निर्णय गरेको थियो । प्रदेशमा पनि मुख्यमन्त्री सचिवालयमा विज्ञ र सल्लाहकारको जम्बो टोली बनाइएको भन्दै आलोचना भइरहेको थियो ।

लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्टहरुको सुविधा रोक्ने निर्णय मुख्यमन्त्री आचार्यले आफू नियुक्त भएको तीन महिनामै गरेका थिए । त्यसबाट राम्रो सन्देश प्रवाह गरेका मुख्यमन्त्रीले आफ्नो सचिवालय टिममा शिक्षा विज्ञ, ग्रामीण विकास विज्ञ, पूर्वाधार विज्ञ, राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार लगायतका जिम्मेवारी दिएर कार्यकर्ता नियुक्त गरेका थिए । आलोचना बढेपछि मुख्यमन्त्रीले तीमध्ये ४ विज्ञ र २ सल्लाहकार हटाएका हुन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यले राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली, जनसम्पर्क सल्लाहकार रामबहादुर राउत, अर्थविज्ञ ईश्वरीप्रसाद अर्याल, पूर्वाधार विज्ञ जीवन अर्याल, ग्रामीण विकास विज्ञ युवराज घिमिरे र शिक्षा विज्ञ दलबहादुर गुरुङलाई हटाएका हुन् ।

मुख्यमन्त्रीको सचिवालयले बुधवार विज्ञप्ती जारी गर्दै विज्ञ र सल्लाहकार हटाएको सार्वजनिक गरेको छ । तर, मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार जेनजी आन्दोलनको एक सातापछि नै मुख्यमन्त्री आचार्यले विज्ञ र सल्लाहकार हटाउने निर्णय गरेका थिए । मुख्यमन्त्री आचार्यले पनि अनावश्यक विज्ञ र सल्लाहकार हटाइएको बताए । ‘प्रदेशका कामलाई विधागत रुपमा सहज बनाउन विज्ञ र सल्लाहकार राखिएको थियो,’ उनले भने, ‘तर, सरकारले खर्च कम गराउने उद्देश्यले सल्लाहमै विज्ञ र सल्लाहकार हटाएका छौं ।’ अहिलेसम्मको योगदानको कदर गर्दै धन्यवाद पत्रसहित ६ जनालाई बिदाइ गरिएको उनले बताए । अन्यको विषयमा आवश्यकता अनुसार निर्णय लिइने उनले बताए ।

अहिले ६ जनालाई हटाइए पनि संघीय अर्थ मन्त्रालयको पछिल्लो निर्णय र पत्र अनुसार मुख्यमन्त्री, मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्रै राख्न पाइनेछ । यो निर्णय कार्यान्वयन भएमा मुख्यमन्त्री आचार्यको सचिवालयमा अझै ५ जना तोकिएचन्दा बढी रहनेछन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार राजनीतिक सल्लाहकार ज्ञवालीले राज्यमन्त्रीसरह मासिक ८० हजार ८ सय ४० रुपैयाँ सुविधा लिने गरेका थिए । त्यसबाहेक उनले एक जना स्वकीय सहायक, एक कार्यालय सहयोगी र एक सवारी चालकसमेत थप सुविधामा पाएका थिए । जनसम्पर्क सल्लाहकार राउतले सहायक मन्त्रीसरह मासिक ६४ हजार ८ सय रुपैयाँसहित उनले पनि छुट्टै ३ जना कर्मचारी नियुक्त गरेका थिए । विज्ञहरू ईश्वरीप्रसाद अर्याल, जीवन अर्याल युवराज घिमिरे र दलबहादुर गुरुङले मासिक ६० हजार ४ सय ९० रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— झापाको बिर्तामोड नगरपालिका–६ गिरि बन्धु टी–स्टेट अगाडि पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहान करिब ९:३० बजेको समयमा विराटनगरबाट काँकडभिट्टा तर्फ जाँदै गरेको सगरमाथा यातायातको बस (प्र १–०१–००१ ख ४४५९) अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना ...
: बारामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्नुका साथै कपाल काटेर अमानवीय व्यवहार गरिएको घटना प्रकाशमा आएको छ। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ८ मझरीयाकी ३३ वर्षीया सुरुजकली देवीलाई गाउँकै केही व्यक्तिहरूले बोक्सीको आरोप लगाउँदै असोज ११ गते कुटपिट गर्नुका साथै कपाल काटेर अमानवीय व्यवहार गरेको घटना प्रकाशमा आएको हो। पीडितले जिल्ला प्रहरी कार्यालय बारामा दिएको ...
— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ। प्राधिकरणले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैलाई उच्च ...
: जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अलर्ट जारी गरेको छ। विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। प्राधिकरणले पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र ...
: अर्थ मन्त्रालयले नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने जनाएको छ। मन्त्रालयले भन्सार घोषणा बिना ५ हजारभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक रहेको जनाएको छ। यसैगरी अर्थ मन्त्रालयले अधिकतम अमेरिकी डलर १,५०० विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने समेत जनाएको छ। ‘नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ...