मुख्य समाचार
गाजामा भएको इजरायली आक्रमणमा १२ जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा १२ जनाको मृत्यु

— गाजा पट्टीमा बुधबार भएको इजरायली आक्रमणमा १२ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।


प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए) ले चिकित्सा स्रोतलाई उद्धृत गर्दै गाजा सहरको दक्षिणपूर्वमा अल–जेइतुनमा विस्थापित व्यक्तिहरूको आश्रयस्थल बनेको अल–फलाह स्कूलमा गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु भएको तथा अन्य घाइते भएको रिपोर्ट गरेको छ ।

गाजाको उत्तरपूर्वी क्षेत्रमा भएको बम विस्फोटमा एकजना मारिएको र अन्य घाइते भएको स्रोतले बताएको छ । स्रोतले गाजाको दक्षिणपश्चिममा ताल अल–हवामा भएको बम विस्फोटमा दुई जनाको मृत्यु भएको समेत जनाएको छ ।

मध्य गाजा पट्टीको नुसिरात शरणार्थी शिविरमा इजरायलले गरेको गोलाबारीमा दुई प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । दक्षिणी गाजा पट्टीको वितरण केन्द्र नजिकै इजरायली गोलाबारीमा एक जना मृत्यु भएको र अन्य घाइते भएको जनाइएको छ ।

गाजाको पश्चिममा रहेको अल–शती शरणार्थी शिविरमा इजरायली ड्रोनले बम प्रहार गर्दा धेरै प्यालेस्टिनीहरू घाइते भएको तथा शिविरमा लगातार एक हप्तादेखि बमबारी हुदाँ दर्जनौँको मृत्यु हुनुको साथै कयौँ घाइते भएको जनाइएको छ ।

केही समय अघि, चिकित्सा स्रोतहरूले गाजामा १९ जनासहित २३ जनाको ज्यान लिएको घोषणा गरेका थिए ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्यांकले सेप्टेम्बर २०२५ मा मात्र गाजा पट्टीमा दुई हजार १०६ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप