मुख्य समाचार
इन्डोनेसियामा विद्यालय भवन भत्किँदा ५ जना विद्यार्थीको मृत्यु, ५९ अझै बेपत्ता
इन्डोनेसियामा विद्यालय भवन भत्किँदा ५ जना विद्यार्थीको मृत्यु, ५९ अझै बेपत्ता

: इन्डोनेसियामा विद्यालय भवन भत्किँदा ५ जनाको मृत्यु भएको छ। करिब १०० जना विद्यार्थी घाइते भएका छन्। यस दुर्घटनामा ५९ जना अझै बेपत्ता छन्। सोमबार सिदोआर्जो शहरमा रहेको दुई तले इस्लामिक बोर्डिङ स्कुलको भवन भत्किएको हो।

इन्डोनेशियामा उद्धारकर्मीहरूका अनुसार स्कुलको भग्नावशेषमा अहिले “कसैको जीवित भएको कुनै संकेत” देखिएको छैन।

भग्नावशेषबाट १३ जनालाई जीवित निकालिएको थियो। तर तीमध्ये दुई जनाको पछि मृत्यु भएको थियो। उद्धार कार्यमा संलग्न निकाय (बीएनबीपी)ले बिहीबार उल्लेख गरेअनुसार थर्मल ड्रोन प्रयोग गर्दा भग्नावशेषमा कुनै जीवित मानिसको संकेत फेला परेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी सदनका दुवै दलबीच अन्तिम समयसम्म पनि बजेटसम्बन्धी विभिन्न विषयमा सहमति जुट्न नसकेपछि सेप्टेम्बर ३० भित्र पारित भइसक्नुपर्ने बजेट पारित नभएपछि ‘सटडाउन’ को अवस्था आएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रिपब्लिकन र डेमोक्रयाटहरूले एकअर्कालाई आरोप लगाउने र पन्छिने प्रयास गरिरहँदा यो सटडाउनले झन्डै ८ लाख संघीय कर्मचारीहरूलाई बेतलबी बिदामा घर पठाउनेछ । यस्तै, झन्डै २० ...
— गाजा पट्टीमा बुधबार भएको इजरायली आक्रमणमा १२ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए) ले चिकित्सा स्रोतलाई उद्धृत गर्दै गाजा सहरको दक्षिणपूर्वमा अल–जेइतुनमा विस्थापित व्यक्तिहरूको आश्रयस्थल बनेको अल–फलाह स्कूलमा गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु भएको तथा अन्य घाइते भएको रिपोर्ट गरेको छ । गाजाको उत्तरपूर्वी क्षेत्रमा भएको ...
— फिलिपिन्समा मंगलबार राति गएको भूकम्पमा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । भवन भत्किएर पुरिँदा धेरै जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । मनिला टाइम्सका अनुसार फिलिपिन्सको सेबू प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएको हो । त्यस्तै भूकम्पमा परी सयौँ घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्पछि ६ ...
: अमेरिकी संसद् कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास असफल भएको छ। संसदबाट बजेट पारित नभएपछि अमेरिकाको सङ्घीय सरकारले शट डाउनको घोषणा गरेको छ। सिनेटमा लगातार भएका दुईवटा मतदानमा डेमोक्रेट र रिपब्लिकन दुवै दलले एक–अर्काको अस्थायी खर्च प्रस्तावलाई खारेज गरिदिएपछि शट डाउन लागू भएको हो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको वेबसाइटको होमपेजको सबैभन्दा ...
— माडागास्करका युवाहरुको प्रदर्शन उग्र बनेपछि राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार भंगको घोषणा गरेका छन् । कयौं दिनदेखि चलिरहेको युवाहरुको नेतृत्वको प्रदर्शनपछि यस्तो घोषणा भएको हो । यहाँ लामो समयदेखि पानी र विजुली कटौतीविरुद्ध प्रदर्शन भइरहेको थियो । सोमबार एक टेलिभिजनमा सम्बोधन गर्दै एन्ड्री रजोएलिनाले भने, ‘यदि सरकारलाई नागरिकले दिएको जिम्मेवारी पूरा भएको छैन भने हामी यसलाई स्वीकार ...