मुख्य समाचार
शाहरुख खान पहिलो पटक अर्बपति क्लबमा प्रवेश
शाहरुख खान पहिलो पटक अर्बपति क्लबमा प्रवेश

: बलिउडका चर्चित अभिनेता शाहरुख खान पहिलो पटक अर्बपति क्लबमा प्रवेश गरेका छन्।

हुरुन इन्डिया रिच लिस्ट २०२५ मा उल्लेख गरिए अनुसार ५९ वर्षीय अभिनेता खानको कुल सम्पत्ति १.४ अर्ब डलर रहेको छ। यो भारतका धनीहरूको वार्षिक सूची निकाल्ने संस्था हो।

यसले उनलाई अर्नोल्ड श्वार्जनेगर, गायिका रिहाना, गोल्फर टाइगर वुड्स, र गायिका टेलर स्विफ्ट जस्ता विश्व प्रसिद्ध सेलिब्रिटीहरूको श्रेणीमा राखेको छ। फोर्ब्स पत्रिका अनुसार यी सेलिब्रिटीहरूको सम्पत्ति करिब १.६ अर्ब डलर रहेको बीबीसीले उल्लेख गरेको छ।


यस सूचीमा बलिउडका अभिनेत्री जुही चावला, अभिनेता ऋतिक रोशन, अमिताभ बच्चन र निर्देशक करण जोहर पनि रहेका छन्।

बलिउडको ‘रोमान्स किङ’ भनेर चिनिने शाहरुख खानले तीन दशकभन्दा बढी समयदेखि हिन्दी फिल्म उद्योगमा काम गर्दै आएका छन्। उनी नायकबाहेक एउटा प्रमुख प्रोडक्सन हाउस र क्रिकेट टिमका मालिक पनि हुन्।

भारतमा अर्बपतिहरूको संख्या ३५० नाघेको छ। यो वर्ष हुरुन इन्डियाका अनुसार अर्बपति मुकेश अम्बानी र गौतम अडानी पहिलो र दोस्रो नम्बरमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...
। युनिभर्सल स्टुडियोले क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ को पहिलो ट्रेलर रिलिज गरेको छ । यो फिल्म होमरको पौराणिक गाथाबाट प्रेरित छ । यो फिल्मले ग्रीक नायक ओडिसियसलाई पछ्याउँछ, जसको भूमिकामा म्याट डेमनले अभिनय गरेका छन् । उक्त पात्र ट्रोजन युद्ध पछि घर फर्कने लामो र घुमाउरो बाटो यात्रा तय गर्छ । युनिभर्सलले फेब्रुअरीमा डेमनको पहिलो-लुक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम