— फिलिपिन्समा मंगलबार राति गएको भूकम्पमा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । भवन भत्किएर पुरिँदा धेरै जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मनिला टाइम्सका अनुसार फिलिपिन्सको सेबू प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएको हो । त्यस्तै भूकम्पमा परी सयौँ घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्पछि ६ सयभन्दा बढी पराकम्प गएका छन् । सेबु प्रान्तीय सरकारले पूरै प्रान्तमा आपत्काल घोषणा गरेको छ ।