मुख्य समाचार
संसदबाट बजेट पारित नभएपछि अमेरिकाको सङ्घीय सरकारले शट डाउनको घोषणा
संसदबाट बजेट पारित नभएपछि अमेरिकाको सङ्घीय सरकारले शट डाउनको घोषणा

: अमेरिकी संसद् कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास असफल भएको छ। संसदबाट बजेट पारित नभएपछि अमेरिकाको सङ्घीय सरकारले शट डाउनको घोषणा गरेको छ।

सिनेटमा लगातार भएका दुईवटा मतदानमा डेमोक्रेट र रिपब्लिकन दुवै दलले एक–अर्काको अस्थायी खर्च प्रस्तावलाई खारेज गरिदिएपछि शट डाउन लागू भएको हो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको वेबसाइटको होमपेजको सबैभन्दा माथि शटडाउन सुरु भएको अवधि गणना गर्ने घडी राखिएको छ।

शटडाउनमा सरकारसँग खर्चका लागि पैसा हुँदैन। राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटहरूबीचको खर्चसम्बन्धी तिक्ततापूर्ण अवस्थाका कारण संघीय सरकार शटडाउन भएको हो।


राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन र विपक्षी डेमोक्र्याट पार्टीले यस्तो स्थिति आउनुका पछाडि एकअर्कालाई दोष लगाएका छन्। सेप्टेम्बर ३० को मध्यरातदेखि औपचारिक रूपमा 'शटडाउन' सुरु भएको छ।

सन् २०१८-१९ पछि पहिलो पटक उत्पन्न यस्तो स्थितिमा अब सरकारले सामूहिक रूपमा तथा फिर्ता नहुने गरी कर्मचारी निकाला गर्न सक्ने राष्ट्रपति ट्रम्पले चेतावनी दिएको बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले भने, 'जब तपाईंले यसलाई बन्द गर्नुहुन्छ, तपाईंले कामबाट निकाल्नुपर्छ, हामी धेरै मानिसहरूलाई जागिरबाट निकाल्नेछौं।'

सामान्यतया यस्तो अवस्थामा अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालनमै रहे पनि केही कर्मचारीहरूले तलब नपाई काम गर्नुपर्ने हुन सक्छ। अत्यावश्यक नमानिएका कर्मचारीहरूलाई सरकारले बेतलबी बिदामा राख्ने अभ्यास छ। यसका कारण खाद्यसेवा, पूर्वप्राथमिक विद्यालय, विद्यार्थीलाई कर्जा दिने कार्यक्रम तथा राष्ट्रिय निकुञ्जको सञ्चालनलगायतका काम पूर्ण वा आंशिक रूपमा बन्द हुन सक्छन्।

शटडाउनले गर्दा सरकारी कर्मचारीहरूले पाउने तलबदेखि लिएर अन्य सबै खर्चहरू रोकिनेछन्। तर मेडिकल सेवा, सीमा सुरक्षा र हवाई सेवा लगायतका आपतकालीन सेवाहरू जारी रहन्छन्।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसदहरूले बजेटसम्बन्धी विधेयकलाई एक निरन्तर प्रस्तावका रूपमा कुनै पनि थपघट नगरी पारित गर्न चाहेका थिए। सिनेटबाट यो विधेयक पारित हुन ६० सदस्य चाहिन्थ्यो तर त्यहाँ ५३ रिपब्लिकन सांसद मात्र छन्। विपक्षी दल अर्थात् डेमोक्र्याटिक पार्टीको सहयोगबिना बिल पारित नहुने अवस्था थियो।

यसैलाई बुझेर स्वास्थ्य सेवालगायतका विषयमा आफ्ना अजेन्डा स्वीकार गर्न सरकारलाई दबाव दिनका लागि उनीहरूले संसदीय अङ्कगणितको प्रयोग गरेको ठानिएको छ।

अमेरिकामा सन् १९८० पछि फन्डिङ बिल अड्किएका कारण १५ पटक शटडाउन भएको छ। ट्रम्पको अघिल्लो कार्यकालमा नै सरकारले ३ पटक शट डाउनको सामना गर्नुपरेको थियो। सन् २०१८ को शट डाउन सबैभन्दा लामो ३५ दिनसम्म चलेको थियो। सन् २०१३ मा बाराक ओबामाले पनि १६ दिनको शट डाउन भोग्नुपरेको थियो। त्यसअघि सन् १९९५ मा बिल क्लिन्टन राष्ट्रपति हुँदा २१ दिन शट डाउन चलेको थियो। बाँकी शट डाउन भने पाँच वा त्यो भन्दा कम दिन मात्रै चलेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...