मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन्। सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरुले गाजामा युद्धविरामका लागि सहमत भएको जानकारी दिएका हुन्।

उनीहरुले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई योजना स्वीकार गर्न चेतावनी दिएका छन्। ह्वाइट हाउसले गाजामा युद्ध रोक्ने र भविष्यमा त्यहाँ शासन व्यवस्थाको रूपरेखा तय गर्ने उद्देश्यसहित २० बुँदे योजना सार्वजनिक गरेको छ। यो योजना ट्रम्प र नेतन्याहुको संयुक्त पत्रकार सम्मेलन अघि सार्वजनिक गरिएको हो।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले शान्तिको लागि ऐतिहासिक दिन भएको बताए। उनले हमासले योजना स्वीकार नगरे नेतान्याहूले जे गर्ने निर्णय गरे पनि अमेरिकाले साथ दिने बताए।
प्रधानमन्त्री नेतान्याहूले पनि योजना अस्वीकार गरिए इजरायलले आवश्यक कदम चाल्ने चेतावनी दिए। नेतन्याहुले भने,‘यदि हमासले प्रस्ताव मानेन भने इजरायलले आफ्नो काम पूरा गर्नेछ।’

ट्रम्पले नेतान्याहूलाई दोस्रो कार्यकालको लागि व्हाइट हाउसमा फर्केदेखि नै कडा समर्थन गरेका छन्।

ह्वाइट हाउसको २० बुँदे प्रस्ताव कतार र इजिप्टमार्फत हमासलाई बुझाइएको छ। प्रस्ताव अनुसार, हमासले हिरासतमा रहेका सयौँ गाजावासीको बदलामा जीवित रहेका २० इजरायली बन्धक रिहा गर्नुपर्नेछ। मृत मानिएका दुई दर्जनभन्दा बढी बन्धकको अवशेष ७२ घण्टाभित्र उपलब्ध गराउनुपर्नेछ। प्रस्ताव अनुसार, इजरायलले सयौं प्यालेस्टिनीहरूलाई रिहा गर्नेछ, जसमा धेरै आजीवन कारावासको सजाय भोगिरहेका छन्।

प्रस्तावमा हमासले आफ्ना हतियार राख्न पाउँदैन। हमासका सुरुङ र हतियार निर्माणसम्बन्धी सुविधा नष्ट गरिने उल्लेख छ। प्रस्तावमा भविष्यमा एक स्वतन्त्र प्यालेस्टाइनी राज्यको सम्भावनालाई खुला राखेको छ।

यसैगरी अमेरिकाले गाजाको भविष्य शासनको रूपरेखा पनि प्रस्तुत गरेको बीबीसीले जनाएको छ। त्यहाँ अस्थायी रूपमा एक प्राविधिक, अराजनैतिक प्यालेस्टाइनी समितिले शासन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसलाई ‘शान्ति बोर्ड’ नामक नयाँ अन्तर्राष्ट्रिय संक्रमणकालीन निकायको निरीक्षण र पर्यवेक्षणमा राखिनेछ। ह्वाइट हाउसले यो निकायको नेतृत्व ट्रम्पको टिमले गर्ने जनाएको छ।

बेलायती प्रधानमन्त्री सर कीर स्टार्मरले योजना स्वागत गरे। ‘हामी सबै पक्षलाई अमेरिकी प्रशासनसँग मिलेर यो सम्झौता अन्तिम रूप दिन र कार्यान्वयन गर्न आह्वान गर्छौं।’उनले भने, ‘हमासले अब योजना स्वीकार गरी हतियार त्याग्नुपर्छ र सबै बन्धकहरूलाई मुक्त गर्नुपर्छ।’

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि समर्थन जनाउँदै भने, ‘फ्रान्स यस शान्ति प्रयासमा योगदान दिन तयार छ। युद्ध अन्त्य गर्ने र बन्धकहरुलाई रिहा गर्ने प्रयासमा।’ म्याक्रोनले दुई राज्य समाधानको आधारमा यस क्षेत्रमा स्थायी शान्ति निर्माण गर्न सबै सम्बन्धित साझेदारहरूसँग गहन छलफलको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्।

युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले नेतन्याहूको सकारात्मक प्रतिक्रिया उत्साहजनक भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...