मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन्। सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरुले गाजामा युद्धविरामका लागि सहमत भएको जानकारी दिएका हुन्।

उनीहरुले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई योजना स्वीकार गर्न चेतावनी दिएका छन्। ह्वाइट हाउसले गाजामा युद्ध रोक्ने र भविष्यमा त्यहाँ शासन व्यवस्थाको रूपरेखा तय गर्ने उद्देश्यसहित २० बुँदे योजना सार्वजनिक गरेको छ। यो योजना ट्रम्प र नेतन्याहुको संयुक्त पत्रकार सम्मेलन अघि सार्वजनिक गरिएको हो।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले शान्तिको लागि ऐतिहासिक दिन भएको बताए। उनले हमासले योजना स्वीकार नगरे नेतान्याहूले जे गर्ने निर्णय गरे पनि अमेरिकाले साथ दिने बताए।
प्रधानमन्त्री नेतान्याहूले पनि योजना अस्वीकार गरिए इजरायलले आवश्यक कदम चाल्ने चेतावनी दिए। नेतन्याहुले भने,‘यदि हमासले प्रस्ताव मानेन भने इजरायलले आफ्नो काम पूरा गर्नेछ।’

ट्रम्पले नेतान्याहूलाई दोस्रो कार्यकालको लागि व्हाइट हाउसमा फर्केदेखि नै कडा समर्थन गरेका छन्।

ह्वाइट हाउसको २० बुँदे प्रस्ताव कतार र इजिप्टमार्फत हमासलाई बुझाइएको छ। प्रस्ताव अनुसार, हमासले हिरासतमा रहेका सयौँ गाजावासीको बदलामा जीवित रहेका २० इजरायली बन्धक रिहा गर्नुपर्नेछ। मृत मानिएका दुई दर्जनभन्दा बढी बन्धकको अवशेष ७२ घण्टाभित्र उपलब्ध गराउनुपर्नेछ। प्रस्ताव अनुसार, इजरायलले सयौं प्यालेस्टिनीहरूलाई रिहा गर्नेछ, जसमा धेरै आजीवन कारावासको सजाय भोगिरहेका छन्।

प्रस्तावमा हमासले आफ्ना हतियार राख्न पाउँदैन। हमासका सुरुङ र हतियार निर्माणसम्बन्धी सुविधा नष्ट गरिने उल्लेख छ। प्रस्तावमा भविष्यमा एक स्वतन्त्र प्यालेस्टाइनी राज्यको सम्भावनालाई खुला राखेको छ।

यसैगरी अमेरिकाले गाजाको भविष्य शासनको रूपरेखा पनि प्रस्तुत गरेको बीबीसीले जनाएको छ। त्यहाँ अस्थायी रूपमा एक प्राविधिक, अराजनैतिक प्यालेस्टाइनी समितिले शासन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसलाई ‘शान्ति बोर्ड’ नामक नयाँ अन्तर्राष्ट्रिय संक्रमणकालीन निकायको निरीक्षण र पर्यवेक्षणमा राखिनेछ। ह्वाइट हाउसले यो निकायको नेतृत्व ट्रम्पको टिमले गर्ने जनाएको छ।

बेलायती प्रधानमन्त्री सर कीर स्टार्मरले योजना स्वागत गरे। ‘हामी सबै पक्षलाई अमेरिकी प्रशासनसँग मिलेर यो सम्झौता अन्तिम रूप दिन र कार्यान्वयन गर्न आह्वान गर्छौं।’उनले भने, ‘हमासले अब योजना स्वीकार गरी हतियार त्याग्नुपर्छ र सबै बन्धकहरूलाई मुक्त गर्नुपर्छ।’

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि समर्थन जनाउँदै भने, ‘फ्रान्स यस शान्ति प्रयासमा योगदान दिन तयार छ। युद्ध अन्त्य गर्ने र बन्धकहरुलाई रिहा गर्ने प्रयासमा।’ म्याक्रोनले दुई राज्य समाधानको आधारमा यस क्षेत्रमा स्थायी शान्ति निर्माण गर्न सबै सम्बन्धित साझेदारहरूसँग गहन छलफलको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्।

युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले नेतन्याहूको सकारात्मक प्रतिक्रिया उत्साहजनक भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम