मुख्य समाचार
फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु
फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु

: फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ। फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले बुधबार दिएको जानकारीअनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा राति करिब १० बजे भूकम्प गएको हो।

भूकम्पको केन्द्र बोगो सिटीबाट करिब १९ किलोमिटर उत्तर–पूर्व, ५ किलोमिटर गहिराइमा रहेको जनाएको छ। भूकम्प शक्तिशाली भएकाले संरचनाहरूमा क्षति पुर्‍याएको स्थानीय मिडियाहरूले दाबी गरेका छन्।

भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको र भवनहरूमा क्षति पुगेको थियो। सेबु प्रान्तीय सरकारले बान्टायनमा एउटा व्यावसायिक भवन र एउटा विद्यालय भत्किएको र धेरै गाउँका सडकहरूमा पनि क्षति पुगेको जानकारी दिएको छ।


बीबीसीका अनुसार सान रेमिजियो नगरपालिकाले विपत्तिको राज्य घोषणा गरेको छ। भूकम्पपछि बिरामीहरूलाई भवन बाहिर उपचार गरिँदैछ।

सेबुकी गभर्नर पामेला बारिकुआत्रोले बोगो र प्रान्तको उत्तरी भागमा रहेका बाहिरी शहरहरूमा भएको क्षति र घाइतेको हद दिउँसोसम्म थाहा नहुने बताइन्। "यो हामीले सोचेभन्दा खराब हुन सक्छ," उनले फेसबुकमा पोस्ट गरिएको भिडियो सन्देशमा भनिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरेबियाले इरानलाई जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। साउदीको पूर्वाधारमामाथि थप आक्रमण गरे आफूहरू प्रतिकारात्मक कदम चाल्न बाध्य हुने इरानलाई साउदीले सचेत गराएको हो। साउदीका विदेशमन्त्री फैसल बिन फरहान ल साउदले भने, 'हाम्रो धैर्यको पनि एक सीमा हुन्छ।' साउदी र खाडीका अन्य सहयोगी राष्ट्रहरूसँग 'पर्याप्त क्षमता' रहेको बताउँदै उनले आवश्यक परे इरानमाथि आवश्यक ...
: इरानी सर्वोच्च नेता मोजतबा खामेनीले एक लिखित सन्देश जारी गर्दै टर्की र ओमानका केही क्षेत्रमा भएका आक्रमणहरूमा इरानको संलग्नता नरहेको दाबी गरेका छन्। फारसी नयाँ वर्ष 'नौरोज'को अवसरमा जारी गरिएको उक्त सन्देशलाई इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको हो। नौ पाना लामो आफ्नो वक्तव्यमा खामेनीले इरानले आफ्ना पूर्वी छिमेकीहरूलाई निकै घनिष्ठ मान्ने उल्लेख गरेका छन्। खामेनीले पाकिस्तानलाई ...
: विश्वव्यापी रूपमा चुलिँदै गएको ऊर्जा संकट र आकासिएको इन्धनको मूल्य नियन्त्रण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रणनीतिक कदम चालेको छ। अमेरिकाले समुद्रमा (ट्रान्जिटमा) रहेको करिब १४ करोड ब्यारेल इरानी तेलमाथि लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउने निर्णय गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्स मार्फत यो जानकारी सार्वजनिक गर्दै यस कदमको मुख्य उद्देश्य विश्व ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध इरानले प्रतिशोधको ...
: इराकस्थित सशस्त्र समूह 'इस्लामिक रेसिस्टेन्स' ले पछिल्लो २४ घण्टामा 'इराक र यस क्षेत्रका दुश्मनका ठेगानाहरू विरुद्ध' २७ वटा सैन्य अपरेसन गरेको दाबी गरेको छ। यस अन्तर्गत दर्जनौँ ड्रोन र मिसाइल आक्रमणहरू गरिएको समूहले जनाएको छ। यो दाबी बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको अमेरिकी कूटनीतिक सुविधामा पुनः ड्रोन हमला भएको खबरपछि आएको हो । समाचार एजेन्सी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम