मुख्य समाचार
युनिटी कपअन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिजले नेपाललाई १० विकेटले हराए
युनिटी कपअन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिजले नेपाललाई १० विकेटले हराए

: युनिटी कपअन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिजले नेपाललाई १० विकेटले हराएको छ। युएईस्थित शारजाह क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले १२२ रन बनाएको थियो। नेपालले दिएको १२३ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १२.२ ओभरमा बिना कुनै विकेट क्षति लक्ष्य पूरा गर्‍यो।

अघिल्लो २ खेल हार्दै सिरिज गुमाएको वेस्ट इन्डिजले सान्त्वना जित निकालेको हो। वेस्ट इन्डिजको जितमा ओपनरद्वय अमिर जाङ्गो र अकिम अगष्टेले १२३ रनको शतकीय साझेदारी गरे। वेस्ट इनिडजका लागि ओपनरद्वय अमिर जाङ्गो र अकिम अगष्टेले क्रमशः ७४ र ४१ रनमा अविजित रहे।

नेपालले ६ जना बलर लगाएर पनि कुनै पनि विकेट निकाल्न सकेन। अन्तिम खेलमा हार व्यहोरे पनि ३ खेल सम्मेलित सिरिज नेपालले २-१ ले जितेको हो।

पहिलो पटक टेष्ट मान्यता प्राप्ता राष्ट्रसँग सिरिज खेल्ने मौका पाएको नेपालले सिरिज जित्दै इतिहास बनाएको छ। पहिलो इनिङ्समा टस हारेर ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाएका थिए। उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर कुशल मल्लले १२, कप्तान रोहित पौडेलले १७, गुल्सन झाले १०, सन्दीप जोराले १४ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

वेस्ट इन्डिजका लागि रामोन सिमोन्डले सर्वाधिक ४ विकेट लिए। जेडिआ वाल्डेजले २ विकेट लिँदा, कप्तान अकेल होसेन, जसन होल्डर १-१ विकेट लिए। नेपालले पहिलो खेलमा वेष्टइनिडजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो।
अब नेपालले ओमानमा पूर्वी एसियन पेसिफिक टी-२० विश्वकप छनोट खेल्नेछ। अक्टोबर ८ बाट नेपालले छनोट खेलमा भाग लिनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम