— उल्भ्सले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटेनहमलाई १–१ को बराबरीमा रोकेको छ । लिग तालिकाको पुछारमा रहेको उल्भ्सले सान्टियागो बुएनोको गोलले अग्रता लिएको थियो ।
तर खेलको अन्त्यतिर जाओ पाल्हिन्हाले टोटेनहमका लागि गोल गर्दै टिमलाई हारबाट जोगाए । यो नतिजासँगै उल्भ्सले यसपल्टको लिगमा पहिलो अंक बटुलेको छ । टोटेनहम भने ११ अंकमा तेस्रो स्थानमा उक्लेको छ ।
अर्को खेलमा सन्डरल्यान्डले नटिङघम फरेस्टलाई १–० ले हरायो र ११ अंकमा चौथो स्थानमा प्रवेश गरेको छ । उसका लागि ओमर एल्डरेटले पहिलो हाफमा गरेको गोल निर्णायक रह्यो ।