— चोटग्रस्ट खेलाडीको समस्याबाट गुज्रिरहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फेरि फ्रान्सेली लिग वानको शीर्ष स्थान कब्जा गरेको छ । यसका लागि उसले अजुरेलाई सजिलै २–० ले हराएको हो ।
इलाय जाबारनयीले पहिलो हाफमा एक गोल गरे पछि लुकास बेराल्डोले दोस्रो हाफमा अर्को गोल थपे । यो नतिजापछि पीएसजीको छ खेलबाट १५ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको मार्सेसँग तीन अंकको दूरी हो ।
यसअघिको खेलमा पीएसजी आफ्नो प्रमुख प्रतिद्वन्द्वी मार्सेसँग हारेपछि शीर्ष स्थानबाट झरेको थियो । लिग तालिकामा मोनाको, लियोन र स्ट्रसबर्गको पनि समान १२ अंक रहेको छ ।