— वेस्ट ह्यामले शनिबार आफ्ना प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । क्लबको जिम्मेवारी सम्हालेको नौ महिनापछि नै उनी बर्खास्तीमा परेका हुन् ।
अब उनको स्थान नटिङघम फरेस्टका पूर्वप्रशिक्षक नुनो स्पिरिटो सान्टुले अवसर पाउने बताइएको छ । इंग्लिस प्रिमियर लिगमा खराब सुरुआतपछि पोर्टरले आफ्नो जागिर गुमाउने अनुमान रहेको थियो ।
वेस्ट ह्याम अहिले पाँच खेलबाट ३ अंकमा पुछारबाट दोस्रो स्थानमा छ र अहिलेसम्म एकै जितमा सीमित रहेको छ । यस्तै लिगकपमा पनि उल्भ्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
सोमबार वेस्ट ह्याम एभरटनको भ्रमणमा निस्कनेछ । त्यस अगाडि नै सान्टुले नियुक्त पाउने छन् । उनी पनि यसअघि फरेस्टको बर्खास्तीमा परेका थिए ।