मुख्य समाचार
जापानको राजधानी टोकियोमा महँगीको मार यथावत् रहेको सरकारी तथ्याङ्क
जापानको राजधानी टोकियोमा महँगीको मार यथावत् रहेको सरकारी तथ्याङ्क

। जापानको राजधानी टोकियोमा महँगीको मार यथावत् रहेको सरकारी तथ्याङ्कले देखाएको छ। विशेषगरी खाद्यान्नको मूल्य निरन्तर आकासिएको छ, जसले आम उपभोक्ताको भान्सामा प्रत्यक्ष असर पारेको छ।

शुक्रबार आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, टोकियोको मूल उपभोक्ता मूल्य सूचकाङ्क अगस्ट महिनामा गत वर्षको सोही महिनाको तुलनामा २.५ प्रतिशतले बढेको छ। सन् २०२० लाई आधार वर्ष मानेर तयार गरिएको यो सूचकाङ्क यस पटक ११०.० मा पुगेको छ।

महँगीको यो वृद्धिमा खाद्यान्नको मूल्यले महत्त्वपूर्ण भूमिका खेलेको छ। ताजा वस्तुहरूबाहेक प्रशोधित खाद्य वस्तुहरूको मूल्य औसत ६.९ प्रतिशतले वृद्धि भएको छ। दैनिक उपभोग्य वस्तुहरूमा भएको अप्रत्याशित वृद्धिले नागरिकहरूलाई थप चिन्तित बनाएको छ ।

समाचार एजेन्सीका अनुसार, चामलमा ४६.८ प्रतिशतले मूल्य वृद्धि भएको छ । चकलेटको मूल्यमा ५३.८ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, कफीको दानाको मूल्य ४७.८ प्रतिशतले वृद्धि भएको छ ।

बाल स्याहार शुल्कमा कटौती

स्थानीय सञ्चार माध्यमहरूका अनुसार, टोकियो महानगरपालिकाले महँगीको मारमा परेका परिवारहरूलाई केही हदसम्म सन्तुलनमा राख्न प्रयास गरेको छ।

सेप्टेम्बर १७ देखि बालबालिका स्याहार शुल्क माफ गर्ने कार्यक्रम विस्तार गरिएपछि यस सेवाको शुल्कमा उल्लेख्य ६०.४ प्रतिशतको कमी आएको छ। यसले कामकाजी अभिभावकहरूलाई केही वित्तीय राहत दिएको छ।

टोकियोको उपभोक्ता मूल्य सूचकाङ्कलाई सम्पूर्ण जापानको महँगीको प्रवृत्ति देखाउने प्रमुख सङ्केतकको रूपमा हेरिन्छ। जापानको चालू महिनाको उपभोक्ता मूल्य सूचकाङ्क आगामी अक्टोबर २४ गते सार्वजनिक हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
जापानको उत्तरी क्षेत्र होक्काइडोमा मंगलबार बिहानदेखि परेको भीषण वर्षाका कारण केही स्थानमा केवल ६ घण्टामै एक महिनाभन्दा बढी पानी परेको छ। यो असामान्य वर्षाले बाढीको चेतावनी र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने सल्लाह दिने अवस्था सिर्जना भएको छ। अक्टोबर १ तारिख बिहान ७:१० बजे सिराओइचो क्षेत्रबाट प्राप्त मौसम प्रतिवेदन अनुसार, अत्यधिक वर्षाका कारण दृष्टि क्षमता अत्यन्तै ...
ओसाका, अक्टोबर २ (न्यूज अन जापान) – जापानको हिगाशी-ओसाकामा एक महिलाको छुरा प्रहारबाट मृत्यु भएपछि एक पुरुष आफैं प्रहरीमा आत्मसमर्पण गरेका छन्।
 
अक्टोबर १ तारिख दिउँसो १:३० बजे तिर करिब ५० वर्ष उमेरका एक पुरुष हिराओका प्रहरी चौकीमा उपस्थित भई “मैले एकजनालाई छुरा हानेँ” भनी जानकारी गराएका थिए।
 
प्रहरी र दमकल अधिकारीहरू घटनास्थल पुगेपछि हाकोदोनो–चोस्थित एक भवनको ...

जापानको उत्तरी क्षेत्र होक्काइडोमा मंगलबार बिहानदेखि परेको भीषण वर्षाका कारण केही स्थानमा केवल ६ घण्टामै एक महिनाभन्दा बढी पानी परेको छ। यो असामान्य वर्षाले बाढीको चेतावनी र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने सल्लाह दिने अवस्था सिर्जना भएको छ। अक्टोबर १ तारिख बिहान ७:१० बजे सिराओइचो क्षेत्रबाट प्राप्त मौसम प्रतिवेदन अनुसार, अत्यधिक वर्षाका कारण दृष्टि क्षमता अत्यन्तै ...

: जापानको पश्चिमी यामागुची प्रान्तस्थित युद्धकालीन चोसेई खानीको स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि भएको छ। स्थानीय प्रहरीले बुधबार जानकारी दिँदै फेला परेका तीनवटा हड्डी र एउटा खोपडी मानव अवशेष नै भएको बताएको हो। जापानी नागरिक समूह ‘किजामु काई’का अनुसार ती अवशेष सन् १९४२ मा खानीमा भएको एउटा दुर्घटनामा मृत्यु भएका करिब १८० जना ...
। जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा भएको छ । आणविक बम बिस्फोटको ८० वर्ष पुगेको सन्दर्भ पारेर जापानको पश्चिमी शहर हिरोशिमा हजारौं मानिस भेला भएका छन् । उक्त विस्फोटको प्रभावमा परेर पनि बाँचेकाहरू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा, हिरोशिमाका मेयर काजुमी मात्सुइसँगै सरकारी अधिकारीहरू, १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू शान्ति पार्कमा भेला ...