मुख्य समाचार
एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराए
एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराए

। यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराएको छ ।

शुक्रबार राति भएको हाइ स्कोरिङ भिडन्तमा निर्धारित २० ओभरमा खेल बराबरी भएपछि सुपर ओभर खेलिएको थियो । सुपर ओभरमा श्रीलंकाले दिएको ३ रनको लक्ष्य भारतले पहिलो बलमै पूरा गर्‍यो ।


त्यसअघि भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउँदा श्रीलंकाले पनि २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएपछि टाई भएर सुपर ओभरमा पुगेको थियो ।

ओपनर पथुम निसान्काले एसिया कपको पहिलो शतक बनाएपनि जितका लागि पर्याप्त भने भएन । उनी १०७ रन बनाएर २०औं ओभरको अन्तिम बलमा आउट भए ।



त्यस्तै कुसल परेराले ५८ रन बनाए । निसान्का र परेर मिलेर दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए । दशुन शनका २२ रनमा अविजित रहे ।

भारतका हार्दिक पान्ड्या, अर्शदीप सिंह, हर्षित राना, कुलदीप यादव र वरुण चक्रवर्तीले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । ओपनर अभिषेक शर्माले ६१ रन बनाए । तिलक वर्मा ४९ रनमा अविजित रहे । सन्जु सामसनले ३९ रन बनाए ।

श्रीलंकाका महीश थिक्साना, दुश्मान्था चमीरा, वानिन्दु हसरंगा, दशुन शनका र चरिथ असलंकाले १-१ विकेट हात पारे ।

सुपर फोरमा श्रीलंका जितविहीन हुँदा भारत अपराजित रह्‍यो । भारत समूह चरणदेखि नै अपराजित छ ।

एसिया कपको उपाधिका लागि आइतबार भारत र पाकिस्तानबीच फाइनल भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...