मुख्य समाचार
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने अधिकार नभएको भन्दै न्युयोर्कमा प्रदर्शन
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने अधिकार नभएको भन्दै न्युयोर्कमा प्रदर्शन

। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने अधिकार नभएको भन्दै न्युयोर्कमा प्रदर्शन भएको छ ।

महासभामा नेतान्याहूले दिएको भाषणकै समयमा बाहिर टाइम्स स्क्वायरमा ‘फ्री प्यालेस्टाइन ’को नारा लगाउँदै ठूलो प्रदर्शन भइरहेको थियो ।




नेतान्याहुको भाषण सुरु हुनासाथ सयौं प्रदर्शनकारी टाइम्स स्क्वायरमा भेला भएका थिए । विरोधमा यहुदी धर्मगुरु रब्बी यित्ज्चोक ड्यूश पनि सहभागी थिए । उनले नेतान्याहुलाई संयुक्त राष्ट्रमा बोल्ने अधिकार नभएको बताउँदै भने, ‘उनी हाम्रो धर्मको प्रयोग गरेर आफ्ना अपराधलाई लम्ब्याउन खोज्दैछन्, उनी हाम्रो नाममा बोलिरहेका छैनन्।’

प्रदर्शन स्थल वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । रब्बी ड्यूशले गाजामा युद्ध अन्त्य हुनु पर्नेमा विश्वभरका अधिकांश यहुदीहरू सहमत रहेको दाबी गर्दै सात अक्टोबरको आक्रमणको निन्दा गरे । तर, उनले संघर्षका ‘मूल कारणहरू’ समाधान नगरी शान्ति सम्भव नहुने बताए ।



महासभामा आक्रामक भाषण गरेका नेतान्याहुले प्यालेस्टाइनलाई दिइएको मान्यता अस्वीकार गरेका थिए । धेरै देशहरूले प्यालेस्टाइनलाई मान्यता दिएपछि उनी आक्रामक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम