मुख्य समाचार
आगामी महिना भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला प्रारम्भिक टोलीको घोषणा
आगामी महिना भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला प्रारम्भिक टोलीको घोषणा

। आगामी महिना भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला प्रारम्भिक टोलीको घोषणा भएको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका हुन् । न्यौपाने बिहीबार प्रशिक्षकमा नियुक्त भएका थिए ।

नेपाली महिला टोलीले आउँदो अक्टोबर २६ (कात्तिक ९) मा भारतको सिक्किममा गएर भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ ।

टोलीमा नेपालको यू-२० टोलीबाट खेलेका पूर्णिमा राई, मिना देउवा, सुक्रिया मियाँ, लीला जोशीलगायत पनि समावेश छन् ।



नेपालको प्रारम्भिक टोली : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुषिला चौधरी, लीला जोशी, निशा थोकर, समीक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला बिक, पूजा राना, अमृता जैसी, सजनी ठोकर, हिरा कुमारी भुजेल, नेहा कुमारी चौधरी, बिमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार, सुक्रिया मियाँ, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर, साबित्रा भण्डारी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...