मुख्य समाचार
मूल्यवृद्धिले अस्ट्रेलियामा जनजीवन प्रभावित
मूल्यवृद्धिले अस्ट्रेलियामा जनजीवन प्रभावित

— अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर चालु वर्षको अगस्ट महिनामा बढेर ३ प्रतिशत पुगेको छ, जुन पछिल्लो १३ महिनामै सबैभन्दा उच्च दर हो । यो वृद्धि महँगीको चपेटामा परिरहेको आम जनजीवनका लागि थप दबाबको संकेत हो ।


अस्ट्रेलियाको तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, उपभोक्ता मूल्य सूचकांक पछिल्ला १२ महिनामा तीन प्रतिशतले बढेको छ, जुन अघिल्लो महिना अगस्टमा २.८ प्रतिशत र जुलाईमा १.९ प्रतिशत मात्र थियो । यो वृद्धिदर सन् २०२४ सालको अगस्ट महिनापछिको सबैभन्दा उच्च दर हो, जब महँगी दर ३.५ प्रतिशत पुगेको थियो ।

तथ्यांक कार्यालयका अनुसार महँगी बढ्नुमा मूख्य योगदान आवास खर्चमा ४.५ प्रतिशत वृद्धि, खाद्य र नरम पेय पदार्थमा ३ प्रतिशत वृद्धि तथा चुरोटमा ६ प्रतिशत वृद्धि रहेको छ । बिजुली महसुल भने झनै बढी २४.६ प्रतिशतले बढेको छ । सरकारी राहत योजना समाप्त भएपछि यो वृद्धिदर देखिएको हो । राहतको प्रभाव हटाएर हेर्दा बिजुलीको मूल्यवृद्धि ५.९ प्रतिशत मात्र रहेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय बैंकले प्राथमिकता दिने आधारभूत महँगी दर अगस्ट महिनामा २.६ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतले घटेको हो ।

अस्ट्रेलियाको मौद्रिक नीति समितिले अगस्तमै सार्वजनिक गरेको अनुमान अनुसार, हालको आधा वर्षमा महँगी दर ३ प्रतिशतभन्दा माथि पुग्नेछ र मात्र २०२७ सालको मध्यतिर दुईदेखि तीन प्रतिशतको लक्ष्यभित्र फर्किनेछ ।

त्यसैगरी, आधारभूत महँगी दर भने २०२६ र २०२७ सालभर स्थिर रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...