मुख्य समाचार
डोनाल्ड ट्रम्पले रुसलाई 'कागजी बाघ' भनेर टिप्पणी
डोनाल्ड ट्रम्पले रुसलाई 'कागजी बाघ' भनेर टिप्पणी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई 'कागजी बाघ' भनेर टिप्पणी गरेका छन् । उनले युक्रेनले युद्धमा गुमाएको भू-भाग फिर्ता लिन सक्ने बताएका छन्। ट्रम्पको यो भनाइलाई रुस-युक्रेन युद्धको मुद्दामा उनको अडानमा ठूलो परिवर्तन मानिएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा उनले युरोप र नेटोको समर्थन र रुसको अर्थतन्त्रमा बढ्दो दबाबका साथ युक्रेनले यो युद्ध सुरु भएको ठाउँबाट आफ्नो मूल सिमाना फिर्ता लिन सक्ने बताए।

ट्रम्पले भने कि युक्रेन र रुसको सैन्य र आर्थिक अवस्थालाई पूर्णरूपमा जाने र बुझेपछि उनको सोच परिवर्तन भएको छ।'पुटिन र रुस ठूलो आर्थिक समस्यामा छन् र युक्रेनले कारबाही गर्ने समय आएको छ,' उनले रुसलाई 'कागजी बाघ' भनेर सम्बोधन गर्दै भने।


ट्रम्पले मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटपछि उनको भनाइ आएको हो।

ट्रम्पले बारम्बार युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन्, तर पहिले नै युक्रेनले युद्धविराम वा सम्झौता प्राप्त गर्न केही भूभाग त्याग्नुपर्ने हुनसक्छ भन्ने सुझाव दिएका छन्। यद्यपि, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो भू-भाग नत्याग्ने बारम्बार बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम