: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम प्राप्त गर्ने प्रयासमा आफू संलग्न रहेको बताएका छन्। संयुक्त राष्ट्र संघको महासभामा बोल्दै उनले आफ्नो प्रयासलाई वार्ता गर्ने पक्षहरूले सम्भव बनाउनु पर्ने बताएका हुन्।
ट्रम्पले हालै शक्तिशाली देशहरूले प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिएको उल्लेख गरे।ʻयो हमासको क्रूरताका लागि पुरस्कार हुनेछ,ʼट्रम्प भन्छन्।
शान्ति चाहनेहरूले एउटै सन्देशमा एकताबद्ध हुनुपर्ने भन्दै ट्रम्पले बन्धकहरूलाई रिहा गर्न आग्रह गरे। उनले संयुक्त राष्ट्र संघको पनि आलोचना गरे। उनले युद्ध रोक्न वार्ता गर्ने क्रममा संयुक्त राष्ट्र संघ आफ्नो साथमा नरहेको बताए।
ट्रम्पले संयुक्त राष्ट्र संघको ८०औँ महासभामा भेला भएका विश्व नेताहरूलाई आफूले युद्ध रोक्ने पनि दाबी गरे।
उनले भने,ʻकेवल सात महिनामा मैले सात कहिल्यै नसकिने युद्ध रोकेँ। यीमध्ये दुई ३१ वर्षदेखि चलिरहेका थिए। एउटा ३६ वर्षदेखि चलिरहेको थियो। एउटा २८ वर्षदेखि चलिरहेको थियो। यसमा थाइल्याण्ड र कम्बोडिया, कोसोभो र सर्बिया, कंगो र रुवान्डा, पाकिस्तान र भारत, इजरायल–इरान, इजिप्ट र इथियोपिया, र आर्मेनिया–अजरबैजान समावेश छन्।ʼ
ट्रम्पले संयुक्त राष्ट्र संघ आफ्नो क्षमताको नजिक पनि नरहेको बताए।