मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम प्राप्त गर्ने प्रयासमा आफू संलग्न रहेको बताएका छन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम प्राप्त गर्ने प्रयासमा आफू संलग्न रहेको बताएका छन्

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम प्राप्त गर्ने प्रयासमा आफू संलग्न रहेको बताएका छन्। संयुक्त राष्ट्र संघको महासभामा बोल्दै उनले आफ्नो प्रयासलाई वार्ता गर्ने पक्षहरूले सम्भव बनाउनु पर्ने बताएका हुन्।

ट्रम्पले हालै शक्तिशाली देशहरूले प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिएको उल्लेख गरे।ʻयो हमासको क्रूरताका लागि पुरस्कार हुनेछ,ʼट्रम्प भन्छन्।

शान्ति चाहनेहरूले एउटै सन्देशमा एकताबद्ध हुनुपर्ने भन्दै ट्रम्पले बन्धकहरूलाई रिहा गर्न आग्रह गरे। उनले संयुक्त राष्ट्र संघको पनि आलोचना गरे। उनले युद्ध रोक्न वार्ता गर्ने क्रममा संयुक्त राष्ट्र संघ आफ्नो साथमा नरहेको बताए।


ट्रम्पले संयुक्त राष्ट्र संघको ८०औँ महासभामा भेला भएका विश्व नेताहरूलाई आफूले युद्ध रोक्ने पनि दाबी गरे।

उनले भने,ʻकेवल सात महिनामा मैले सात कहिल्यै नसकिने युद्ध रोकेँ। यीमध्ये दुई ३१ वर्षदेखि चलिरहेका थिए। एउटा ३६ वर्षदेखि चलिरहेको थियो। एउटा २८ वर्षदेखि चलिरहेको थियो। यसमा थाइल्याण्ड र कम्बोडिया, कोसोभो र सर्बिया, कंगो र रुवान्डा, पाकिस्तान र भारत, इजरायल–इरान, इजिप्ट र इथियोपिया, र आर्मेनिया–अजरबैजान समावेश छन्।ʼ

ट्रम्पले संयुक्त राष्ट्र संघ आफ्नो क्षमताको नजिक पनि नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम